×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्न समय थप, कार्तिक १७ गतेभित्र सार्वजनिक गर्न सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्न समय थप, कार्तिक १७ गतेभित्र सार्वजनिक गर्न सकिने

Artha Sarokar

२९ आश्विन २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने समय थप गरेको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै समय थप गरेको जानकारी दिएको हो ।

अव बैंक तथा वित्तीय संस्थाहरुले कार्तिक १७ गते सम्म पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्न सक्नेछन् । बैंक तथा वित्तिय संस्थाहरुलाई जारी गरेको एकीकृत व्यवस्था अनुसार मासिक र त्रैमासिक वित्तीय विवरण त्रैमास सकिएको सात दिनभित्र सार्वजनिक गर्नुपर्ने बैंकले जनाएको हो ।

बैंकले दिएको समयमा दशैँको बिदा परेको हुनाले समय थप गरेको राष्ट्र बैंकले जनाएको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी