Skip to content
LAXMI SUNRISE BANK

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड र बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता

अर्थ सरोकार

काठमाडौँ । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड र बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता भएको छ । उक्त कम्पनीहरुबीच शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्ने सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सो सम्झौता मिति २०८०-०६-१६ गते मंगलबार भएको हो । त्यस्तै, आजको एक कार्यक्रमका बीच सम्झौता पत्रमा बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको तर्फबाट सञ्चालक शिव प्रसाद शर्मा र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले हस्ताक्षर गरेका हुन् ।

साथै कम्पनीको उक्त सम्झौता सँगै अब बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडमार्फत हुने जानकारी कम्पनिले दिएको छ ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK