×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया क्यापिटलद्वारा विश्व लगानीकर्ता सप्ताहको अवसरमा निःशुल्क डिम्याट खाता, नवीकरण शुल्कमा पनि छुट

PRIME CA
GLOBAL IME BANK

एनआईसी एशिया क्यापिटलद्वारा विश्व लगानीकर्ता सप्ताहको अवसरमा निःशुल्क डिम्याट खाता, नवीकरण शुल्कमा पनि छुट

१४ आश्विन २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । विश्व लगानीकर्ता सप्ताह २०२३ तथा नेपालीहरुको महान चाडको अवसरमा एनआईसी एशिया क्यापिटलले ‘एक नेपाली, एक डिम्याट खाता’ अभियान प्रभावकारी रुपमा संचालन गर्ने भएको छ ।

‘एक नेपाली, एक डिम्याट खाता’ अभियानलाई प्रभावकारी रुपमा देशव्यपी संचालन गर्ने मुख्य उद्देश्यका साथ क्यापिटलले असोज १४ गतेदेखि मङ्सिर १५ गतेसम्म नि:शुल्क रुपमा डिम्याट खाता तथा मेरो सेयर खाता खोलिदिने र पहिलो वर्षको डिम्याट खाता नवीकरण शुल्कमा छुट दिने जनाएको छ ।

हाल एनआईसी एशिया क्यापिटलको निक्षेप सदस्य सेवा अन्तर्गत संचालनमा रहेका विशेष अफर तथा योजनाहरु निम्न अनुसार रहेका छन् ।

माथि उल्लेखित योजनाहरु मिति २०८१ साल आषाढ मसान्तसम्म संचालनमा रहने छन् ।

साथै, क्यापिटल तथा एनआईसी एशिया बैंकको शाखा कार्यालयहरुबाट डिम्याट र मेरो सेयर खाता तथा क्यापिटलबाट उपलब्ध माथि उल्लेखित योजनाहरुको सम्बन्धमा थप जानकारीको लागि क्यापिटलको मोवाईल नम्बरहरु ९८४७३४५०९९, ९८४७३४५१०७ र ९८४८८६५२२३ मा सोझै सम्पर्क गर्न सकिने जनाईएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: