काठमाडौँ । एनआईसी एशिया क्यापिटलले निःशुल्क लगानी व्यवस्थापन सेवा संचालन गरेको छ । विश्वलगानीकर्ता सप्ताह २०२३, नेपालीहरुको महान पर्व वडा दशैं, तिहार तथा छठ पर्वको पावन अवसरमा एनआईसी एशिया क्यापिटलले निःशुल्क लगानी व्यवस्थापन सेवा सञ्चालन गरेको हो ।
उक्त क्यापिटलले २०८० साल आश्विन २१ गते देखि २०८० साल मंसिर १५ गते सम्म आवद्व हुने ग्राहकहरुका लागि निःशुल्क लगानी व्यवस्थापन सेवा सहित विशेष अफर योजनाहरु सार्वजनिक गरेको छ । सो अफरमा लगानी व्यवस्थापन सेवा अन्तर्गत निःशुल्क लगानी व्यवस्थापन सेवा, एक्जिस्ट शुल्क नलाग्ने, मुनाफाको १० प्रतिशत मात्र पर्फमेन्स् शुल्क तथा इनकम ग्यारेन्टेड फर्म अन्तर्गत वार्षिक ११.४६ प्रतिशत ग्यारेन्टेड प्रतिफल आश्विन महिनाको लागि मात्र, अन्य शुल्क लागु नहुने जस्ता सुविधा प्रदान गरेको हो ।
साथै, उक्त अवसरमा एनआईसी एशिया क्यापिटलले थप परिमार्जित सेवाहरु सञ्चालनमा ल्याएको छ । धितोपत्र बजारमा हुने तिब्र उत्तार चढावबाट आम लगानीकर्ताहरुले फाइदा लिन नसकेको परिपेक्षमा एनआईसी एशिया क्यापिटलले बजारमा तिब्र उतार चडाव हुँदा के कसरी लगानी गर्ने र कसरी न्यून जोखिमलिई अधिकतम फाइदा प्राप्त गर्न सकिन्छ भन्ने जस्ता विषयमा आवश्यक जानकारी तथा परामर्श दिने मुख्य उद्देश्यका साथ पूनः शेयर क्लिनिक सेवा सञ्चालनमा ल्याएको हो ।
एनआईसी एशिया क्यापिटलले उक्त सेवाहरुमा ग्राहकहरुले होल्ड गरेका शेयरहरुलाई रिब्यालेसीङ एण्ड रिक्नस्ट्रक्सन गर्न आवश्यक परामर्श सेवा उपलब्ध गराउने, शेयर सँग सम्बन्धित विविध समस्याको एकै ठाउँबाट समाधान, न्यून जोखिम लिई अधिकतम नाफा प्राप्त गर्न सकिन्छ भन्ने सन्दर्भमा विशेषज्ञहरुबाट आवश्यक परामर्श उपलब्ध गराइने, शेयरबजारको समग्र परिस्थितीलाई अध्ययन गरी लगानी रणनीति बनाउनको लागि सहयोग गरिदिने जस्ता थप परिमार्जित सेवाहरु सञ्चालनमा ल्याएको छ ।
त्यस्तै, हाल धितोपत्रको दोश्रो बजारमा सूचिकृत कम्पनीहरुको संस्थापक समूहको शेयर खरिद बिक्री प्रकृया धेरै नै झन्झटिलो रहेको तथा कारोवार गर्न लामो समय लाग्ने भएकोले संस्थापक समूहको शेयर कारोवारलाई सहज गरिदिने मुख्य उद्देश्यका साथ एन आई सी एशिया क्यापिटलले “संस्थापक शेयर कारोवार प्लेटफर्म” संचालनमा ल्याएको हो । यस अन्तर्गत कुनै पनि व्यक्ति तथा संस्थाहरु सँग भएको संस्थापक समूहको शेयर बिक्री गर्न वा कुनै पनि कम्पनीको संस्थापक समूको शेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाहरुले आफ्नो विवरण खरिद वा बिक्री गर्न चाहेको संस्थापक कम्पनीकोे नाम, खरिद बिक्री गर्न चाहेका मूल्य, जम्मा शेयर कित्ता संख्या र आफ्नो सम्पर्क विवरण गराउन कम्पनीले जनाएको छ ।
साथै, विभिन्न सेवाहरुको विस्तृत जानकारीको लागि उक्त क्यापिटलका आधिकारीक व्यक्ति डम्बर राईलाई मोवाइल नं. ९८४२५४१८७० मा सम्पर्क गर्न सकिने एनआईसी एशिया क्यापिटलले जानकारी दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्