काठमाडौँ । एनआईसी एशिया क्यापिटलले सञ्चालन गरेको सामूहिक लगानी कोष योजनाको प्रतिफल घोषणा गरेको छ । उक्त क्यापिटलले २०८० आश्विन २७ गते शनिबार विहान ११:०० बजे क्यापिटलको कार्यालय थापाथली, काठमाडौँमा सञ्चालन गरेको सामूहिक लगानी कोष योजनाको प्रतिफल घोषणा गरेको हो ।
उक्त स्थानमा बसेको संचालक समितिको १३औं बैठकले आर्थिक वर्ष २०७९-८०का लागि एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालित योजनाहरु मध्ये एनआईसी एशिया ग्रोथ फण्डले इकाई धनीहरुलाई १०.५० प्रतिशत कर सहितका दरले हुन आउने रकम ८ करोड ७६ लाख ९६ हजार रुपैयाँ तथा एनआईसी एशिया ब्यालेन्स फण्डले इकाई धनीहरुलाई १० प्रतिशत करसहितका दरले हुन आउने रकम ७ करोड ५५ लाख रुपैयाँ नगद प्रतिफल वितरण गर्ने निर्णय गरेको सो क्यापिटलले जानकारी दिएको छ ।
एनआईसी एशिया ग्रोथ फण्डले पहिलो वर्ष १० प्रतिशत, दोश्रो वर्ष १२ प्रतिशत, तेश्रो वर्ष ३० प्रतिशत, चौंथो वर्ष १३ प्रतिशत तथा पाचौं वर्ष अर्थात आर्थिक वर्ष २०७९-८०को लागि घोषणा गरेको १०.५० प्रतिशत सहित हालसम्म ७५.५० प्रतिशत नगद प्रतिफल वितरण गर्न सफल भएको हो ।
साथै, एनआईसी एशिया ब्यालेन्सड् फण्डले संचालनमा ल्याएको पहिलो वर्ष ८ प्रतिशत, दोश्रो वर्ष ३० प्रतिशत, तेश्रो वर्ष १३ प्रतिशत र चौंथो वर्ष आर्थिक वर्ष २०७९-८०को लागि घोषणा गरेको १० प्रतिशत सहित हालसम्म ६१ प्रतिशत नगद प्रतिफल वितरण गर्न सफल भएको क्यापीटलले जानकारी दिएको छ ।
त्यस्तै, एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले आर्थिक वर्ष २०७९-८०मा १० प्रतिशत नगद प्रतिफल घोषणा गरी मिति २०८०-०५-१७ गतेदेखि सम्बन्धित इकाईधनीहरुको हितग्राही खातामा उल्लेख गरेको बैंक खातामा जम्मा गरिसकेको व्यहोरा समेत क्यापीटलले जनाएको हो ।
सो बैंकले छिटो, छरितो तथा ग्राहकमुखी सेवा दिंदै क्रमिक रुपमा लगानीकर्तामाझ लोकप्रिय रहेको छ । साथै, म्युचुअल फण्ड, शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्रीप्रबन्ध, सेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ तथा इन्भेष्टमेण्ट बैंकिङ सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ ।