काठमाडौँ । एनआईसी एशिया क्यापिटल र फोनपेबीच सम्झौता भएको छ । सो क्यापिटल र फोनपेबीच भएको सम्झौतामा फोनपेबाट प्रदान गर्ने लगानी व्यवस्थापन तथा लगानी परामर्श सेवा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको हो ।
उक्त सम्झौतामा क्यापीटल र फोनपेबीच २०८० आश्विन २१ गते फोनपे मा कार्यरत कर्मचारीहरु एनआईसी एशिया क्यापिटलबाट उपलब्ध हुने सेवाहरु सहित, धितोपत्र बजार, लगानी व्यवस्थापन सेवा तथा लगानी व्यवस्थापन परामर्श सेवा उपलब्ध गराउने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ । सो सम्झौता अनुसार एनआईसी एशिया क्यापिटलले फोनपेमा कार्यरत कर्मचारीहरुलाई क्यापिटलले उपलब्ध गराउने सेवाहरु जस्तै; लगानी व्यवस्थापन, लगानी व्यवस्थापन परामर्श, निःशुल्क डिम्याट, मेरा सेयर खाता, सिस्टमेटिक ईन्भेस्टमेट पाल्न एबिलको विशेषता, एसपिआईमा सहभागि हुने तरिका तथा फाइदाहरुका साथै धितोपत्रको दोश्रो बजार, मुद्रा बजार उपकरणहरु, दोश्रो बजारमा सूचिकृत कम्पनीहरुमा लगानी गर्दा कहिले कसरी लगानी गर्न सकिन्छ भन्ने विषयमा आधारित रहेर आवश्यक तालिम प्रदान गर्ने एनआईसी क्यापीटलले जानकारी दिएको हो ।
साथै, क्यापीटलले लगानी सम्बन्धी निर्णय लिँदा विशेष ध्यान दिनुपर्ने कुराहरुको सम्बन्धमा आवश्यक तालिम तथा प्रशिक्षण प्रदान गर्ने समेत जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्