×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निर्धन उत्थान लघुवित्तद्धारा ‘सम्बृद्धिको मार्गमा २०८०’ नामक पुस्तक वितरण

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

निर्धन उत्थान लघुवित्तद्धारा ‘सम्बृद्धिको मार्गमा २०८०’ नामक पुस्तक वितरण

Artha Sarokar

२८ आश्विन २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । निर्धन उत्थान लघुवित्तले ‘सम्बृद्धिको मार्गमा २०८०’ नामक पुस्तक वितरण गरेको छ । निर्धन उत्थान लघुवित्त वित्तिय संस्था बावियाचौर म्याग्दी शाखाले संस्थाका ग्राहक सदस्यहरुका व्यवसाहिक सफलताहरुका कथा समेटीएको ‘सम्बृद्धिको मार्गमा २०८०’ नामक पुस्तक वितरण गरेको हो ।

सो संस्थाले देशको ७७ जिल्लाका १८ सय ५ शाखा कार्यलयहरुबाट कारोवार गरी रहेका सदस्यहरुमध्ये उत्कृष्ट कार्य गरेका व्याक्तिको जिवनी , उनिहरुको विगतको अवस्था र संस्थामा आबद्ध भएपछिको आर्थिक तथा सामाजिक परीवर्तनका बारेमा समेटेर तयार पारेको पुस्तक मंगलागाउँपालीका र त्यस अन्तर्गतको वडा कार्यालय र सम्बन्धित ऋणी सदस्यलाई वितरण गरेको छ । साथै, संस्थाले हरेक वर्ष आफ्ना १८ सय ५ शाखा कार्यलयका उत्कृष्ट उधमी सदस्य र तिनले गरेको प्रगती , व्यवसायिक परीयोजना तथा अन्य सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यहरु समेटेर तयार पारीएको पुस्तक स्थानीय निकाय बुद्धिजिबी तथा राजनितीक व्याक्तित्वहरु वितरण गर्ने गरेको छ ।

त्यस्तै, विगत तिन दशक देखी सामाजिक तथा आर्थिक रुपमा समाजलाई सवल बनाउन निरन्तर लागीरहेको संस्थाले हाल कर्जा १० प्रतिशतदेखी १५ प्रतिशतसम्म ब्याजलिएर बिना धितो ५ लाखसम्म तथा धितोमा आधारीत अधिकतम ७ लाखसम्म कर्जा लगानी गरी रहेको हो । सो संस्थाले दलित , अपाङ्ग, एकल महिला , द्धन्दपिडीतका लागी १ प्रतिशत ब्याज कम लिने गरेको छ ।

साथै, बचतमा अधिकतम १२ दशमलव ५५ प्रतिशतसम्म ब्याज दिने गरेको हो। संस्थाले ग्रामीण क्षोत्रमा बसोबास गर्ने शोषित, उत्पीडित, पिछडीएको वर्गका महिलाहरुलाई बिना धितो सामुहिक जमानीमा कर्जा लगानी गर्ने र ग्राहक सदस्यहरुलाई सुत्केरी स्याहार खर्च,दैविप्रकोप, बाढीपहिरो, आगलागी, भुकम्प, हावाहुरी आदीबाट प्रभावीतलाई राहत प्रदान गर्नुका साथै घातक रोग लागेमा आर्थिक सहयोग तथा विधालयमा अक्ष्यय कोष खडा गरी गरीव जेहेन्दार विध्यार्थीलाई छात्रवृत्ती वितरण जस्ता सामाजिक उत्तरदायित्व अन्तर्गका कार्यहरु गदै आईरहेको छ ।

उक्त संस्थाले सिपमुलक तालीम, उध्यमशिलता तालीम, वित्तिय साक्षरता व्यवसाहिक साक्षरता , तथा सचेतनामुलक कार्यक्रम गर्दै आईरहेको छ। समुहमा हुने कुरीती अन्धविश्वासबाट मुक्त गर्नकोलागी संस्थाले विभिन्न किसिमका कार्यक्तमहरु संचालन गरेपनि कतिपय ठाउँमा त्यसको प्रचारप्रसार हुन नसकेको कारण अहिले सिंगो लघुवित्तमाथि प्रहार भईरहेको अवस्थामा निर्धन उत्थान लघुवित्तले समाजमा आफुले सही र राम्रा काम गरी रहेको प्रमाणीत गरेको हो ।

हाल संस्थाले देशका ७७ जिल्लाका ५ सय ४९ स्थानीय निकाएमा १ सय ८५ शाखा कार्यालयमार्फत आफ्ना सेवाहरु प्रदान गरी रहेको छ। सो  संस्थाले  रेमिट्यान्स सेवा , विभिन्न किसीमका भुक्तानीहरु बिजुलीको बिल , खानेपानीको बिल सहजै मोवाईल एपबाट तिर्ने व्यवस्था गरेको हो ।

साथै, बचतमा उच्चतम प्रतिफल तथा कर्जामा न्युनतम ब्याज लिएर लघुवित्तमै फरक पहिचान बनाउन सफल भएको छ ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी