×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंकले पायो २० मिलियन अमेरीकी डलर ऋण, साना तथा मझौला उद्यमलाई टेवा पुर्याउने उदेश्य

PRIME CA

एनएमबि बैंकले पायो २० मिलियन अमेरीकी डलर ऋण, साना तथा मझौला उद्यमलाई टेवा पुर्याउने उदेश्य

१ कार्तिक २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । एनएमबि बैंक लिमिटेडले २० मिलियन अमेरीकी डलर ऋण प्राप्त गरेको छ । हरित वित्त प्रवद्धन र साना तथा मझौला उद्यमलाई टेवा पुर्याउने उदेश्यले अन्तर्राट्रिय साझेदार डच उद्यमी विकास बैंक (एफएमओ) बाट २० मिलियन अमेरिकी डलर बराबरको ऋण प्राप्त गरेको हो ।

बैंक र एफएमओबीचको सो साझेदारीमा एफएमओबाट एनएमबि बैंकलाई १५ मिलियन अमेरिकी डलर ग्रीन इनिसिएटिभमा केन्द्रित रही वित्तिय कारोबार गर्नका लागि प्राप्त गरीएको र बाँकी रकम एमएसएमइ विकाश र प्रबर्दनको लागि प्राप्त भएको बैंकले जानकारी दिएको छ ।

एनएमबि बैंकले हाल देशभरी २ सय १ शाखाहरु, १ सय ५१ एटिएमहरु, १२ एक्सन्टेन्स काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: