Skip to content
LAXMI SUNRISE BANK

एनएमबि बैंकको पुतलीसडक शाखामा इपेमेन्ट हबको उद्घाटन, ग्राहकहरुले अनलाइन भुक्तानी सेवा लिन सक्ने

अर्थ सरोकार

काठमाडौँ । एनएमबि बैंकले पुतलीसडक शाखामा एनएमबि इपेमेन्ट हबको उद्घाटन गरेको छ । उक्त हबको प्रयोग गरी ग्राहकहरुले भिसा शुल्क भुक्तानी, विदेश स्थित शिक्षण संथामा विद्यार्थी भर्ना आवेदन शुल्क, पिटिइ, स्याट, अस्माइल, फ्ल्आइवाइर, सुइफ्ट, जिआरी, एसीसीए जस्ता विविध अनलाइन भुक्तानी सेवा लिन सक्ने जानकारी बैंकले दिएको हो ।

एनएमबि इपेमेन्ट हब स्वीकृत विधुतीय भुक्तानी उपकरणहरू प्रयोग गरी ग्राहकहरूका लागि सहज र झन्झट मुक्त भुक्तानी सेवा अनुभव सुनिश्चित गर्दै, उत्कृष्ट ग्राहक सेवा प्रदान गर्न बैंकले प्रतिबद्धता जनाएको छ । द फाइनान्सियल टाइम्स, लन्डनको ‘द बैंकर म्यागजिन’ले एनएमबी बैंकलाई प्रतिष्ठित बैंक अफ द इयर एसिया २०२१ बाट सम्मानित गरेको हो ।

त्यस्तै, बैंकले २०१७, २०१८, २०२० र २०२१मा बैंक अफ द इयर पनि पाएको छ । उक्त बैंक हाल २०१ शाखा, १ सय ४९ एटीएम तथा १२ एक्सटेन्सन काउन्टर मार्फत सेवाहरू प्रदान गर्दै आइरहेको बैंकले जानकारी दिएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK