काठमाडौँ । विश्व लगानीकर्ता सप्ताह २०२३ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडकोे सहकार्यमा २ दिने शेयर लगानी तथा जनचेतनामूलक तालिम कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम कास्की जिल्लाको ग्रामीण भेग बिरेठाटीका सर्वसाधारणहरुका लागि प्रभु बैंक लिमिटेडको पोखरा एरियाका शाखाका शाखा प्रमुख सहित कर्मचारीहरुको लागि, पोखरा थकाली समाजका अग्रज तथा युवा वर्गलाई लक्षित गरी कार्यक्रमको आयोजना गरेको हो ।
त्यस्तै, बिरेठाटीमा करीब १ सय २०जना सर्वसाधारणहरु, प्रभु बैक लिमिटेडका करीब २५ जना तथा थकाली समाजका ५० भन्दा बढी अग्रज तथा युवावर्गको सहभागिता रहेको थियो । उक्त तालिम कार्यक्रम २०८० असोज २०गते शनिबार तथा २०८०असोज २१गते आईतबारका दिन सम्पन्न गरेको क्यापिटलले जनाएको छ । सो तालिम कार्यक्रममा नेपाल धितोपत्र बोर्डका निर्देशक शंकर प्रसाद रिमाल, सिडिएस एण्ड क्लियरिङ लिमिटेडका सहायक प्रबन्धक तथा सूचना अधिकृत सुरेश न्यौपानेको सहभागीता रहेको थियो भने उक्त कार्यक्रमको समन्वय प्रभु क्यापिटलका चिफ बिजनेस अफिसर तथा कम्पनीका सचिव बासु थपलियाले गरेका थिए ।
प्रभु क्यापिटल लिमिटेडको कोष व्यवस्थापन कास्कीका म्यानेजर सौगात पन्तले लगानी सम्बन्धी जानकारी दिएका थिए । सो प्रशिक्षणमा नेपाल धितोपत्र बोर्डका निर्देशक शंकर प्रसाद रिमालले धितोपत्र बोर्डको स्थापनादेखि हालसम्मको जानकारी शेयर बजार, प्राथमिक तथा दोश्रो बजार सम्बन्धी आधारभुत कुराहरु, नियमक निकायको शेयर सम्बन्धी धारणा, शेयर बजारमा उपलब्ध भएका उपकरणहरुको जानकारी, कम्पनीहरुको आधारभूत तथा प्राविधिक विश्लेषणका सम्बन्धमा सामान्य जानकारी, लगानी विविधीकरण, लगानीकर्ताको हकहितमा सेबोनको भूमिका, बेबसाईट मार्फत गुनासोको व्यवस्था रहेको थियो ।
साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडका सहायक प्रबन्धक तथा सूचना अधिकृत सुरेश न्यौपानेले आस्बा, सिआस्बा, मेरो शेयर एप सम्बन्धी जानकारी, आईपिओमा आवेदन गर्दा ध्यानदिनु पर्ने कुराहरु, ईडीआईएस तथा केन्द्रिकृत केवाईसीको सम्बन्धमा जानकारी, भौतिक प्रमाणपत्रको डिम्याट गर्ने प्रक्रिया, शेयर लगानी गर्दा आफनो अवस्था विश्लेषण गरी लगानी गर्ने जस्ता विषयमा जानकारी दिएका थिए । साथे, प्रभु क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको योजनाहरुको योजना व्यवस्थापक सौगात पन्तले पोर्टफोलियो व्यवस्थापन तथा सामूहिक लगानी कोष तथा लगानीमा हुने जोखिम व्यवस्थापन सम्बन्धी विषयहरु समेटेका थिए ।
कार्यक्रमका सहभागी सदस्यहरुले वर्तमान शेयर बजारमा लगानीकर्ताहरुको प्रवेशका लागि आवश्यक विषयहरु समेटि गरिएको यो तालिम ज्यादै उपयोगी रहेको तथा शेयर बजार सम्बन्धी लगानीको पर्याप्त सचेतनाका लागि उक्त प्रशिक्षण तथा सचेतना कार्यक्रम निकै प्रभावकारी भएको बताएका थिए ।
प्रभु क्यापिटलले शेयरलगानीमा सचेतना अभिवृद्धिका लागि समय समयमा सेयर तथा पूँजी बजारँंग सम्बन्धित तालिम कार्यक्रमहरु, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको क्यापिटलले जानकारी दिएको छ । साथै, विश्वलगानीकर्ता सप्ताह इन्टरनेस्नल अर्गनाइजेसन अफ सेकेरेटिज कमिसनको आव्हानमा प्रत्येक वर्ष अन्तराष्ट्रीय स्तरमा शेयर लगानी सम्बन्धी विविध कार्यक्रम गरी मनाईने गरेको क्यापीटलले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्