काठमाडौं । प्रभू महालक्ष्मी इन्स्योरेन्स र प्रभू टेक्नोलोजी प्रालि (प्रभू पे) बीच कानूनी लडाई शुरु भएको छ । बीमितबाट संकलित लाखौं रकमको हिसाब मिलानलाई लिएर सो कम्पनीहरुबीच एक अर्काविरुद्ध कानूनी उपचारको लडाई शुरु भएको हो ।
प्रभू महालक्ष्मी इन्स्योरेन्सले सोमबार एक सुचना जारी गर्दै प्रभू पेले बीमितबाट संंकलित लाखौं रकम दुरूपयोग गरेको आरोप सार्वजानीक गरेको छ । साथै, इन्स्योरेन्सका अनुसार, ‘डिजिटल वालेटमार्फत् संकलित नविकरण बीमा शुल्क मध्ये ४४ लाख ५४ हजार १ सय २९ रूपैयाँ प्रभू पेले दुई वर्ष अघि देखि आफैसँग राखेर अपचलन गरिरहेको छ ।’
प्रभू पे र साबिक प्रभू लाइफ इन्स्योरेन्सबीच २०७६ असोज २ गतेदेखि नविकरण बीमा शुल्क संकलन गर्ने सम्झौता भएको थियो । उक्त सम्झौता अनुसार बीमितबाट संकलित बीमा शुल्क रकम प्रभू पेले २४ देखि ४८ घण्टाभित्र प्रभू लाइफ इन्स्योरेन्सको बैंक खातामा जम्मा गर्नुपर्ने हुन्छ । प्रभू पेले १ सय ६४ जना बीमितबाट संकलित रकम पटक पटक ताकेता गर्दासमेत भुक्तानी गर्न आनाकानी गरिरहेको इन्स्योरेन्सको आरोप छ ।
इन्स्योरेन्सका अनुसार, ‘पटक पटक ताकेता गर्दा पनि भुक्तानी नगरेपछि भदौ १८ गते ३० दिनभित्र बक्यौता फर्छ्यौट गर्न दुबै पक्षबीच लिखित सहमति भएपनि आंशिक रकममात्र भुक्तानी प्राप्त भएको छ ।’ पूर्व निर्धारित समयभित्र रकम प्राप्त नभएपछि इन्स्योरेन्सले पुन २१ दिने सूचना जारी गर्दै रकम भुक्तानी नगरे कानूनी उपचार खोज्न बाध्य हुने चेतावनी दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्