काठमाडौं । प्रभु स्टक मार्केट लिमिटेडले विशेष साधारण सभा आब्हन गरेको छ । सो कम्पनीले कात्तिक १५ गते विशेष साधारण सभा गर्ने भएको हो ।
उक्त कम्पनीले बबरमहल, काठमाडौंमा बिहान ९ बजे सभा बोलाएको छ । कम्पनीको ठेगाना संशोधन लगाएत विविध प्रस्ताव पारितका लागि कम्पनीले सभा बोलाएको हो ।
प्रभु स्टक मार्केट सिमित कार्य गर्ने धितोपत्र दलालको रुपमा सञ्चालित छ ।