×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सहकारीले कोषको दुरुपयोग गरे’: महाप्रवन्धक चित्रा कुमारी थामसुहाङ्ग

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

‘सहकारीले कोषको दुरुपयोग गरे’: महाप्रवन्धक चित्रा कुमारी थामसुहाङ्ग

Artha Sarokar

२६ आश्विन २०८०, शुक्रबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । राष्ट्रिय सहकारी महासंघकी महाप्रवन्धक चित्रा कुमारी थामसुहाङ्गले वित्तीय संकटका विचमा पनि समुदाय र सदस्यमा केन्द्रित संस्थाहरुमा तरलता वृद्धि भएको बताएकी छिन् । सुशासन र स्वनियमनमा रहेर सञ्चालनमा भएका संस्थाहरुले सदस्यको विश्वास जितेकाले वित्तीय संकटका बिचमापनि तरलता वृद्धि भएको उनको भनाई छ ।

त्यस्तै, राष्ट्रिय सहकारी बैंकले आयोजना गरेको लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठीमा ‘सहकारीको सुशासन र स्वनियमनःप्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै उनले निश्चित व्यक्तिको पकडमा रहेका संस्थाहरुमा समस्या आएको जनाएकी छिन् । साथै, विशेषत ठूला संस्थाहरुमा एकल निर्णय हाबी भएको र सदस्यलाई व्यवास्ता गरी आफू अनुकुल लगानी गर्दा समस्या आएको उनको बुझाई रहेको छ ।

उनले भनीन्, ‘देशभर कार्यक्षेत्र लिई सदस्यबाट संकलित पूँजीलाई घर जग्गा तथा नातेदारहरुका नाममा कम्पनी खडा गरी लगानीगर्दा अहिले समस्या आएको हो’ । सहकारीले लाभांश वितरणमा अस्वस्थ प्रतिस्प्रर्धा गर्ने भन्दा पनि सहकारी ऐनले व्यवस्था गरेका शिक्षा, सामाजिकर संरक्षित पूँजीफिर्ता कोषलाई प्रयोग गरेर बढी सेवा दिनुपर्नेमा उनले जोड गरेकी छिन् ।

संस्थाहरुले कोषहरुलाई प्रयोग नगरेको भन्दै उनले कोषको रकम उद्देश्य अनुसार प्रयोग गर्न सुझाईन । उनले भनीन्, ‘संस्थाहरुले कोषलाई उद्दश्यले अनुसार खर्च गरेका छैनन् र आर्थिक वर्षको अन्त्यमा जगेडा कोषमा सार्ने परिपाटी छ, यो गलत हो ।’ सहकारी निश्चित उद्देश्य प्राप्तिका लागि खोलिने संस्था भएकाले सोहि अनुसार काम गर्न पर्नेमा उनको जिकिर रहेको छ ।

त्यस्तै, सहकारी संगठित संरचनामा सञ्चालन हुने र सञ्चालक समिति, लेखा समिति तथा व्यवस्थापन पक्ष रहन्छ । एकले अर्को संरचनालाई नियन्त्रण गर्न सके सहकारीमा समस्या नै नआउने उनको दाबी छ । संरचनामा काम गर्न एक अर्काबीच हार्दिकताको सम्बन्ध स्थापित गर्न सके सहकारी क्षेत्रले उचाई लिनेछ । सहकारी संस्थाहरुले नियमनकारी निकायहरुले जारी गरेको ऐन नियम र निर्दशनका साथै संघ महासंघहरुले जारी निर्देशन र मापदण्डलाई समेत परिपालना गरे समस्या नआउने उनको बुझाई छ ।

साथै, सहकारीको संख्या वृद्धि भैरहेको र स्थानि सयतहले सहकारी दर्ता गरीरहेको भन्दै त्यसले सहकारीमा गुणात्मकता नआउने प्रष्ट पारिन । महासंघलेभिजन २०-३० तय गरेको र हाल रहेका ३१ हजार सहकारीलाई एकिकरण मार्फत १० हजारमा ल्याउने योजना बनाएको उनले जानकारी दिईन । प्रारम्भिक सहकारी संस्थाले संघलाई र संघहरुले महासंघलाई कार्य प्रतिवेदन बुझाउने परिपाटी विकास गर्न सके सहकारीमा अहिलेको जस्तो समस्या नआउने उनको बुझाई छ ।

उनले भनिन्, ‘प्रारम्भिक संस्थाले माथिल्लो निकायमा अनिर्वाय आवद्धताको व्यवस्था हुन सके संस्थाहरु कुन अवस्थामा चलेका छन भन्ने कुराको जानकारी लिन सजिलो हुन्छ ।’ वाह्य लेखा परिक्षकले औल्याएको विषय कार्यान्वयन नहुनु र सदस्य माझमा नलैजानु नै सहकारीको मूख्य समस्या भएको बताईन ।

प्रविधिक प्रतिवेदनमा उठाईएको कुराको कार्यान्वयको सुनिश्चितता नभएसम्म सहकारीमा समस्या रहिरहने उनले बताईन । साधारण सभामा ५१ प्रतिशतको उपस्थिती प्रावधान छ । तर त्यो मात्रै प्रभावकारी नभएको भन्दैउनले १० प्रतिशत सदस्यले व्यापक छलफल गर्न सके सञ्चालकको मनोमानी रोकिने उनको दाबी छ । नियामक निकायले अनुगमन गरी संस्था सुरक्षित हुन्छ भन्नेमा आफू आशवादी नरहेको भन्दै संस्थाहरुलाई स्वनियमनमा रहन आग्रह गरिन ।

त्यस्तै, कार्यपत्रमाथि टिप्पणी गर्दै पूर्व सहकारी रजिष्ट्रार केशव प्रसाद रेग्मीले सहकारीमा वाह्य नियमनबाट भन्दा पनि आन्तरिक रुपमा सुशासन कायम गर्न सके समस्या नआउने बताएकी छिन् । साथै, सहकारी दिगो विकासका लागि मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसाथ गर्दै सदस्य लक्षित क्रियाकलाप गरे सहकारी दिगो सञ्चालन हुने उनको भनाई रहेको छ ।

लेखा तथा शिक्षा समितिको भुमिका उत्तिकै महत्वपूर्ण हुने उनले बताएकी छिन् । साथै, कार्यक्रमको अध्यक्षता राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले गरेका थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी