Skip to content
LAXMI SUNRISE BANK

एनसेलले ल्यायो दशैंका लागि आकर्षक अफर, डिजिटल माध्यमबाट रिचार्ज गर्दा बोनस डेटा प्राप्त हुने

अर्थ सरोकार

काठमाडौँ । एनसेलले  दशैंका लागि आकर्षक अफर ल्याएको छ । चाडपर्वको अवसरमा एनसेल आजियाटा लिमिटेडले आफ्ना प्रिपेड तथा पोस्टपेड ग्राहकहरुका लागि  आकर्षक रिचार्जमा बोनस अफर ल्याएको हो ।

कम्पनीका अनुसार, ‘ब्यालेन्स रिचार्जमा डेटा बोनस स्वरुप पाइने भएकाले ग्राहकले आफ्ना साथीभाई तथा परिवारजनसँग सम्पर्कमा रहेर निर्धक्क कुराकानी गर्न सक्नेछन्। बडा दसैँ २०८० को उपलक्ष्यमा ल्याइएको यो योजना अन्तर्गत एनसेलले आफ्ना सबै ग्राहकका लागी आकर्षक अफर सञ्चालनमा ल्याएको छ, जसअन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले २ सय रुपैयाँ वा सो भन्दा बढीको रिचार्जमा डेटा बोनस प्राप्त गर्नेछन्। यो योजना  कार्तिक १ गतेदेखि लागू भई कार्तिक १५ गतेसम्म सञ्चालनमा रहने छ।’

एनसेलका ग्राहकहरुले रिचार्जमा बोनस योजना अन्तर्गत  रिचार्ज गरेको रकमको आधारमा २ हजार एमबी देखि ८ हजार एमबी बोनस डेटा प्राप्त गर्नेछन्। साथै, २ सय रुपैयाँदेखि ४ सय ९९ रुपैयाँसम्म ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले ४ सय एमबी अल टाइम डेटा र बेलुका ११ बजे देखि बेलुका ६ बजे सम्म १९ घण्टा प्रयोग गर्न सकिने १६ सय एमबी डेटा बोनस स्वरुप प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

त्यस्तै, ५ सय रुपैयाँ भन्दा बढी ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले २४ सय अल टाइम डेटा र बेलुका ११ बजेदेखि बेलुका ६ बजेसम्म १९ घण्टा प्रयोग गर्न सकिने ५६ सय एमबी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन्। बोनस स्वरुप प्राप्त डेटा भोलुम २ दिनको दिनको लागि मान्य रहने छ। सो योजना अन्तर्गत एनसेल सापटी र ब्यालेन्स ट्रान्सफरमार्फत भएको ब्यालेन्स टप अप बोनसको लागि मान्य हुनेछैन। अन्य कुनै पनि फिजिकल वा डिजिटल माध्यमबाट रिचार्ज गर्ने बित्तिकै बोनस डेटा प्राप्त हुनेछ।

बडा दशैंको अवसरमा एनसेलले ल्याएको विषेश अफरसँगै आफ्नो उत्साह प्रकट गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘हाम्रा ग्राहकहरु र ग्राहकको एनसेलसँगको सेवा अनुभव हाम्रो लागि अत्यन्त महत्वपूर्ण छ। यो चाडपर्वको अवसरमा ल्याइएको यो योजनाले हाम्रा ग्राहकको सञ्चारको आवश्यकतालाई पूरा गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ। हाम्रा सबै ग्राहकलाई बडा दशैको शुभकामना र एनसेलसँग आबद्घ रहिरहनुहुने सबै ग्राहकलाई धेरै धेरै धन्यवाद।’

एनसेलका ग्राहकहरुलाई रिचार्जमा बोनस अफरले  भ्यालु एड गर्दै सुलभ दरमा आफ्ना परिवार र साथीभाईसँग सम्पर्कमा रहिरहन मद्दत गर्ने विश्वास कम्पनीले लिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK