×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले प्रस्तुत गर्यो एनवाईईएफ स्टार्टअप अवार्डको तेस्रो संस्करण

PRIME CA

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले प्रस्तुत गर्यो एनवाईईएफ स्टार्टअप अवार्डको तेस्रो संस्करण

३० आश्विन २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले एनवाईईएफ स्टार्टअप अवार्डको तेस्रो संस्करण प्रस्तुत गरेको छ । उक्त संस्करणको शीर्षक प्रायोजक सगरमाथा लुम्बिनी इन्स्योरेन्स हुने भएको हो ।

एनवाईईएफ स्टार्टअप अवार्ड उद्यमीहरूका लागि एक प्रतिस्पर्धा र बुटक्याम्प हो । नेपालमा स्टार्टअप इकोसिस्टमलाई सक्षम र सुदृढ पार्ने उद्देश्यले युवा स्टार्टअपहरूलाई उनीहरूको स्टार्टअपहरू पिच गर्ने, नेटवर्क बनाउने तथा वृद्धि गर्ने प्लेटफर्म दिएर सन् २०२१मा एनवाईईएफ काठमाडौं च्याप्टरल एनवाईईएफ स्टार्टअप अवार्डको सुरुवात गरेको थियो ।

नेपाली युवा उद्यमी मञ्च एनवाईईएफ नेपालमा युवा उद्यमीहरूको शीर्ष संस्था हो । यो एक सदस्यता आधारित, गैर नाफा संस्था, पोजेटिभ विजनेश थिङ्किङको उद्देश्य संग स्थापित,  नेपाली युवाहरूमाझ विचार आदानप्रदान, फेलोशिप, शिक्षा, तालिम र वकालत मार्फत उत्कृष्ट उद्यमीहरू सिर्जना गर्ने लक्ष्य राखेको छ । यसले देशभरका युवा उद्यमीहरूलाई सँगै ल्याउँछ । यसले युवा उद्यमीहरूको प्रभावकारी र धेरै आवश्यक सञ्जालमार्फत उद्यमशीलताको सोचलाई बढावा दिन्छ । नेपालका युवा उद्यमी फोरमको वर्तमानमा १३ च्याप्टर तथा ८ सय ५० सदस्यहरू  देशभरका  छन् ।एनवाईईएफ स्टार्टअप अवार्डका अघिल्ला विजेताहरू २०२१ मा डक्टरस् अन कल हुन्। बाइटकेयर टेक्नोलोजी करोबार एप र डेलीश डेरी २०२२ मा विजेता थिए । अघिल्ला संस्करणहरू जस्तै; एनवाईईएफ स्टार्टअप अवार्डको तेस्रो संस्करण पनि देशभरका स्टार्टअपहरूका लागि खुलेको कम्पनीले जनाएको छ । यस वर्ष नेपाली युवा उद्यमी मञ्चले विभिन्न च्याप्टरहरूलाई आ-आफ्ना सहरबाट आवेदन ल्याउने उद्देश्य राखेको हो ।

एनवाईईएफ स्टार्टअप अवार्डले अन्य सहरमा स्टार्टअप र उद्यमिक पारदर्शी प्रतिकूल बनाउँछ र पुरै देश भरमा उद्यमिक तथा उद्यमीको पारदर्शी दृष्टिकोण बढाउँदैछ । एनवाईईएफ स्टार्टअप अवार्डले ती सहरहरू र राष्ट्रभरिका स्टार्टअप र उद्यमशील इकोसिस्टमलाई अझ माथि उठाउन मद्दत गर्नेछ ।

यस वर्षका ‘नेपाली युवा उद्यमी अवार्ड’ को लागि आवेदन खुलेको छ । आवेदनको मिति २०८० मंसिर ८ गते सम्म रहेको कम्पनीले जनाएको छ ।  स्टार्टअपहरूले वेबसाइट  www.nyefstartupawards.com मा जानकारी प्राप्त गर्नका लागि दर्ता गर्न सक्दछन् ।

एनवाईईएफ स्टार्टअप अवार्डले सबै स्टार्टअपहरूलाई गहन मेन्टरशिप सत्र तथा उद्योग विशेषज्ञहरूबाट मार्गदर्शन प्रदान गर्नेछ । साथै, प्रथम विजेताका लागि नगद ४ लाख रुपैयाँ, दोस्रो उपविजेताका लागि २ लाख रुपैयाँ र तेस्रो उपविजेता लागि १ लाख रुपैयाँको व्यवस्था गरेको कम्पनीले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: