काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सको दुई दिने कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरण मधेस प्रदेश कार्यालयका प्रमुख कुशुम शर्माको प्रमुख आतिथ्यतामा दुई दिने कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
सो कम्पनीले असोज २६ र २७ गते मधेश प्रदेशको राजधानी जनकपुरमा कम्पनीमा कार्यरत कर्मचारीहरुको पेशागत दक्षता अभिबृद्धि गर्ने उदेश्यका साथ प्रशिक्षण दिएको हो । उक्त प्रशिक्षण कार्यक्रमका सहभागिहरुलाई सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका नेशनल कोअर्डिनेटर, प्रदेश प्रमुख, विभागिय प्रमुखहरुले आ-आफ्नो प्रस्तुतिकरण दिएका थिए ।