×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारीमा लेखा समितिको भूमिका ओझेलमाः केशव प्रसाद सापकोटा

PRIME CA

सहकारीमा लेखा समितिको भूमिका ओझेलमाः केशव प्रसाद सापकोटा

२५ आश्विन २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

राष्ट्रिय सहकारी बैंकको लेखा सुपरिवेक्षणका समितिका सदस्य केशव प्रसाद सापकोटाले नेपालको सहकारीमा लेखा समितिको अभ्यासः व्यवस्था र अवस्थाका विषयमा प्रस्तुती गरेका छन् । सहकारी बैंकको आयोजनामा भएको लेखा सुपरिवेक्षण समितिको गोष्ठीमा पहिलो सत्रमा प्रस्तुति गर्दै उनले सहकारीमा आन्तरिक नियन्त्रण प्रभावकारी बनाउन समितिको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरेका हुन् ।

त्यस्तै, आन्तिरिक लेखा नियन्त्रण प्रणाली कमजोर भएका सहकारी संस्थामा अहिले वित्तीय संकट आएको भन्दै उनले समितिको भुमिका प्रभाकारी भएका संस्थाहरु राम्रोसँग सञ्चालन भएको जनाएका छन् । राज्यले सहकारीको अनुगमनन गर्दा लेखा समितिले काम गरेको छ वा छैन, उसले दिएका सुझावहरु कार्यान्वयन गरेको छ छैन भन्ने जस्ता विषय समेत नहेर्दा संस्थाहरुमा समस्या बढेको उनले जानकारी दिएका छन् ।

सञ्चालका समितिलाई सकृय बनाउन र उनीहरुले गरेका गतिविधिका विषयमा सुस्म ढंगले अध्ययन गरी संस्थालाई सुव्यवस्थित गराउनलाई समिति सकृय रुपमा लाग्न उनले सुझाव दिएका हुन् । साथै, सञ्चालक समिति तथा व्यवस्थापनलाई जवाफदेही बनाउने काम लेखा समितिको भएको उनको बुझाई रहेको छ ।

सहकारीमा वित्तीय जोखिम जहिले पनि आउन सक्ने हुँदा त्यसको समाधानको लागि समिति चनाखो हुनुपर्नेमा उनले जोड दिएका छन् । उनले भने, ‘सहकारी संस्थामा लेखा समितिको भुमिका ओझेलमा परेको छ । संस्थामा समितिको भुमिका के भन्ने बुझाई प्रष्ट भएन सहकारी ऐन २०७४ र नियमावलीले समितिको भुमिकाको विषयमा प्रष्ट रुपमा उल्लेख गरेको छ । समितिले आफ्नो भुमिकालाई बुझेर काम गर्नपर्ने हुन्छ ।’

उक्त कार्यक्रमको अध्यक्षता धर्मराज देवकोटा तथा टिप्पणीकर्ता नवराज सापकोटाले गरेका थिए । संस्थाको सम्पत्तिको सुरक्षण र सदस्यको बचतको संरक्षण गर्ने काम लेखा समितिको भएको टिप्पणीकर्ता सापकोटाले औल्याउँदै कसैको दवाव र प्रभावमा नपरी समितिले काम गर्नपर्ने र ऐनले व्यवस्था गरेको अधिकारलाई प्रयोग गर्न उनले आग्रह गरेका छन्।

सो कार्यक्रममा विभिन्न सहकारी संस्थाका सहभागिहरुले लेखा समितिको तालिमहरु प्रयाप्त नभएको तथा समितिले उठाएका विषयहरुलाई सञ्चालकहरुले लागु नगरेको समेत सापकोटाले गुनासो गरेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: