×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न, नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियार दिने

PRIME CA

सानिमा बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न, नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियार दिने

२ कार्तिक २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सानिमा बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सो सभा कुण्डलिनी दरबार ब्याङ्गवेट, चण्डोल, काठमाडौंमा सम्पन्न भएको हो ।

बैंकको सभाले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशतका दरले बोनश सेयर र  कर प्रयोजनार्थसहित गरी ५ दशमलव ७० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ । सभाले गत आर्थिक वर्षको नाफा, नोक्सान, हिसाव वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको हो ।

साथै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियार दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु सभाले पारित गरेको छ ।आर्थिक वर्ष २०७९-८० मा २ दशमलव ६१ अर्ब रुपैयाँ खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति २ सय १५ दशमलव ६४ अर्ब रुपैयाँ, कुल निक्षेप १७८ दशमलव ८५ अर्ब रुपैयाँ तथा खुद कर्जा सापटी  १ सय  ४९ दशमलव ८७ अर्ब रुपैयाँ रहेको छ ।
त्यस्तै, आर्थिक वर्ष २०७८-७९ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश: १२ दशमलव ५६ रुपैयाँ, ५ दशमलव ७८ रुपैयाँ र १२ दशमलव ०२ प्रतिशतले बृद्धि गरेको छ । बैंकको वित्तिय परिसूचक असार मसान्त २०८० सम्म निष्क्रिय कर्जा १ दशलमव ३१ प्रतिशत, पुँजीकोष १४ दशमलव ४२ प्रतिशत, तरलता ३० दशमलव ०१ प्रतिशत, कर्जा निक्षेप अनुपात मासिक औसत ७९ प्रतिशत रहेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: