Skip to content
LAXMI SUNRISE BANK

विश्व लगानीकर्ता सेयर सचेतना अभिवृद्धि कार्यक्रम समाप्त, लगानीकर्ताहरुबाट सकारात्मक सुझावको अपेक्षा

अर्थ सरोकार

काठमाडौँ । विश्व लगानीकर्ता सेयर सचेतना अभिवृद्धि कार्यक्रम समाप्त भएको छ । विश्वलगानी सप्ताह ०२ अक्टोबर २०२३ देखि ०८ अक्टोबर २०२३ को अवसरमा धितोपत्र कारोवारको नियामक निकाय धितोपत्र वोर्डले गरेको विभिन्न कार्यक्रमहरु समाप्त भएको हो ।

विश्वलगानी सप्ताह ०२ अक्टोबर २०२३ देखि ०८ अक्टोबर २०२३को अवसरमा धितोपत्र कारोवारको नियामक निकाय धितोपत्र वोर्डले विभिन्न कार्यक्रमहरुको आयोजना गरेको थियो । विभिन्न मुलुकका लगानीकर्ताहरुलाई सम्बन्धीत क्षेत्रको ज्ञान तथा सचेतना अभिवृद्धि गर्न ब्रोकर कम्पनी, मर्चेन्ट वैंकर लगायत सम्वद्ध सरोकारवाला संस्थाहरुलाई शाखा विस्तार भएको स्थानहरु तथा सम्भावित क्षेत्रमा लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रमको आयोजना गर्न नेपाल धितोपत्र वोर्डले आव्हान गरेको थियो ।

यसै अवसरमा नेपाल धितोपत्र वोर्ड तथा स्टक ब्रोकर्स एशोसिएसन अफ नेपालको सहजिकरणमा यस प्रा.लिले मिति २०८० साल आश्विन २० गते शनिवारको दिन होटल उग्रचण्डी, बनेपा–७, अरनिको राजमार्ग, काभ्रेपलान्चोकमा एक दिने लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रमको आयोजना गरि लगानीकर्ताहरुँंग साक्षात्कार गरेका थिए । सो कार्यक्रममा धितोपत्र बजारको विकास र विस्तारमा निरन्तर लागि रहेका चितवन क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद हरि ढकालको प्रमुख आतिथ्यतामा नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष तथा नेपाल धितोपत्र बोर्डका सञ्चालक सुर कृष्ण बैद्यज्यू, नेपालउद्योग वाणिज्य महासंघ वाग्मती प्रदेशका अध्यक्ष दिल सुन्दर श्रेष्ठज्यू, नेपाल धितोपत्र बोर्डका निर्देशक श्री विनय जस्पाउ, वनेपा नगरपालिकाका कार्यवाहक प्रमुख तथा वडा नं. ७ का अध्यक्ष हिटलर शाक्य, विशिष्ट अतिथि तथा काभ्रे उद्योग वाणिज्य संघका उपाध्यक्ष कैलाशपलाञ्चोके नेपाल धितोपत्र बोर्डका का.मु. निर्देशक श्री राजाराम दुवाल, धितोपत्र बजार विज्ञ सुवास चन्द्र भट्टराइ नेपाल अडिटर्स एशोसिएसन काभ्रेका अध्यक्ष विकास पन्त कम्युटरर्स एशोसिएसन काभ्रेका अध्यक्ष रामचन्द्र न्यौपाने लगायत अन्य संघ संस्थाका प्रमुखहरु अतिथिको रुपमा उपस्थित भएका थिए ।उक्त कार्यक्रममा व्यवसायी तथा धितोपत्र वजारसंग सम्वन्धीत व्यक्तित्वहरु सहित लगभग ३ सय २५ जना लगानिकर्ताहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रकममा प्रमुख अतिथि हरि ढकालले धितोपत्र बजार विकास, विस्तार र स्थायीत्वको लागि विगत देखि नै आफु लागि परिरहेको र हाल संसदको भूमिका रहँदा समेत धितोपत्र बजार सम्बन्धी विषय वस्तुहरु सदनमा राख्ने गरेको बताएका छन् । त्यस्तै, लगानीकर्ताहरुले सामाजीक सञ्जालमा आउने नकरात्मक टिप्पणीहरुलाई वेवास्ता गर्दै स्वविवेक प्रयोग गरि धितोपत्र बजारमा लगानी गर्न सुझाव दिनुका साथै सम्पुर्ण लगानीकर्ताहरुवाट सकारात्मक सुझावको अपेक्षासमेत रहेको ढकालले बताएका छन् ।

नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा नेपाल धितापत्र बोर्डका सञ्चालक सुर कृण वैद्यले नीतिगत स्थायित्व नभएका कारण व्यवसायी पलायन हुनु परेको, धितोपत्र बजारको विकास र विस्तारमा मुद्रा बजारको नियामक निकाय नेपाल राष्ट्र बैंक, पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड बीच समन्वयकारी सम्वन्ध हुनु पर्ने तथा पुँजी बजारलाई उत्पादनमुलक क्षेत्रमा राखिनु पर्ने धारणा व्यक्त गरेका थिए ।

नेपाल धितोपत्र वोर्डका निर्देशक विनय जस्पाउले सम्बन्धीत सरोकार पक्षहरुँंग सहकार्य गर्दै लगानीकर्ता सचेतना अधिवृद्धि कार्यक्रमलाई निरन्तरता दिने बताएका थिए । साथै, बनेपा नगरपालिकाका कार्यवाहक प्रमुख हिटलर शाक्यले धितोपत्र बजार सम्बन्धी जानकारी मुलक कार्यक्रमको आयोजना गरि उक्त क्षेत्रका लगानिकर्ताहरुलाई प्रशिक्षण प्रदान गरेकोमा आयोजक तथा सम्बन्धीत पक्षलाई धन्यवाद दिएका थिए ।

उक्त कार्यक्रममा नेपाल धितोपत्र बोर्डका का.मु. निर्देशक राजाराम दुवालले धितोपत्र बजार सम्वन्धी हाल कार्यनवयनमा रहेका नीतिनियमहरु सहित धितोपत्र बजारको सम्वद्ध पक्षहरुको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । साथै, धितोपत्र बजार विज्ञ तथा विश्लेषक सुवास चन्द्र भट्टराईले लगानीकर्ताहरुले बजारको विभिन्न चरणमा गर्ने गल्तीहरु सहित व्यवहारिक पक्षलाई समेटेर कार्यपत्र प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रमको सभापती तथा भिजन सेक्युरिटिज् प्रा.लि.का कार्यकारी अध्यक्ष राजकुमार तिमिल्सिनाले उत्साहपूर्ण रुपमा सहभागिता जनाउँदै लगानीकर्ता महानुभावहरु तथा अतिथिहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा नियामक निकाय, उद्योग वाणिज्य संघ तथा विभिन्न संघ संस्थाहरु सँग सहकार्य गर्दै विभिन्न कार्यक्रमहरुलाई निरन्तरता दिने बताएका छन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK