काठमाडौँ । सिन्धु विकास बैंकको २६औं शाखा चितवनको खोलेसिमल बजारमा संचालनमा आएको छ । उक्त बैंकको २६औं शाखा चितवन जिल्लाको कालिका नगरपालीका वडा नंं. ६ स्थीत खोलेसिमल बजारमा समुद्घाटन सम्पन्न भएको हो ।
कालिका नगरपालीकाका नगर प्रमुख बिनोद रेग्मी तथा बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले संयुक्त रुपमा २०८० साल असोज २९ गते सोमबारका दिन प्रमुख अतिथिका रुपमा समुद्घाटन सम्पन्न गरेका थिए । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रामकुमार गिरीले स्वागत मन्तव्य तथा बैंकको बारेमा प्रकाश पारेका थिए।
त्यस्तै, कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मीले बैंकको प्रगतीको कामना सहित शुभकामना मन्तव्य राखेका थिए । साथै, बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले बैंकले आगामी दिनमा ग्राहकहरुलाई अझ थप सेवाहरु प्रदान गर्दै लगिने तथा कार्यक्रममा उपस्थीत सम्पुर्णलाई धन्यवाद सहित प्रमुख अतिथि, अतिथिहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।
उक्त कार्यक्रममा विशेष अतिथिका रुपमा कालिका नगरपालीकाका नगर उपप्रमुख बिमला तामाङ, अतिथिका रुपमा कालिका नगरपालीका वडा नं. ६का वडा अध्यक्ष टिकाराम रेग्मी, वडा नंं. ७का वडा अध्यक्ष कमलराज मोक्तान लगाएत स्थानिय बुद्धिजिवी, समाजसेवी, ब्यापारी तथा अन्य ब्यक्तीत्वहरुको उपस्थिती रहेको थियो ।
सिन्धुपाल्चोक जिल्लाकै पहिलो विकास बैंकको रुपमा स्थापित उक्त बैंकले आफ्नो कार्यक्षेत्र सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्लासमेत गरी ५ जिल्लाहरुमा २६ वटा शाखा कार्यालयहरु तथा १ वटा सिमित बैकिङ ईकाइबाट बैकिङ सेवा प्रदान गर्दै आईरहेको बैंकले जानकारी दिएको छ ।
बैंकले आफ्नो कार्य क्षेत्रका अधिकांश ग्रामिण भेगहरुमा बैंकिङ सेवा विस्तार गरी उक्त क्षेत्रमा बसोवास गर्ने सर्वसाधारण व्यक्तिहरुलाई सर्वसुलभ तवरले सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले हाल रहेको प्रतिस्पर्धी बजारमा ग्राहकहरुको सुविधाको लागी सम्पूर्ण शाखा कार्यालयहरुमार्फत मोवाईल बैकिङ, एससिटि, डेबिट कार्ड, एसएमएस बैंकिङ, क्युआर कोर्ड, सिएसकिए, कनेक्ट आईपियस, आरटिजिएस लगायत सेवाहरु प्रदानसमेत गर्दै आईरहेको बैंकले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्