×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुपर एप बन्दै पठाओ, लोगो समेत परिवर्तन

PRIME CA

सुपर एप बन्दै पठाओ, लोगो समेत परिवर्तन

८ कार्तिक २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । राइड सेयरिङ/हेलिङ बिधामा स्थापित कम्पनी पठाओले आफ्ना सेवाका दायरा बढाउँदै जाँदा पुरानो लोगो परिवर्तन गरि नयाँ लोगो सार्वजनिक गरेको छ ।

नयाँ लोगोमा नगवेली बाटो/सडक थिममा पठाओको पहिलो अङ्ग्रेजी अक्षर ‘पि’ लेखिएको छ । पहिलेको लोगोले राइड सेयरिङको अर्थ दिन्थ्यो भने नयाँ लोगोले समस्यादेखि समाधानको बाटोको अर्थ दिएको र यसले सबै सेवाहरुलाई सम्बोधन गर्ने पठाओ नेपालका प्रवन्ध निर्देशक असिम मान सिंह बस्न्यातले बताए ।

झोला बोकेर दुईपाङ्ग्रे साधन चलाइरहेको जस्तो देखिने पठाओको लोगो परिवर्तन भइ नयाँ लोगो सार्वजनिक भएको हो ।

नेपालमा ५ वर्षमा ६ वटा (पठाओ बाइक, पठाओ कार लाइट (ट्याक्सी), पठाओ फुड, पठाओ बजार, पठाओ टुकटुक, पठाओ पार्सल) सेवाहरु प्रदान गरिरहेको पठाओ आगामी दिनमा सेवा थप्दै सुपर एप बन्ने योजनामा रहेको बस्न्यात बताउँछन् ।

केही समय अगाडि काठमाडौँ उपत्यकामा सुरु भएको ‘पठाओ पार्सल’लाई देशव्यापी बनाउने र डिजिटल वालेट ‘पठाओ पे’ समेत सुरु गरिने यस अगाडि नै पठाओ नेपालले जानकारी गराइसकेको छ । लोगो परिवर्तनले सेवाग्राहीमा नयाँपनको आभास गराउने बस्न्यात बताउँछन् ।

पठाओको नयाँ लोगो विश्वव्यापी रुपमा अक्टोबर २५ देखि लागू भैसकेको बताइएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: