Skip to content
LAXMI SUNRISE BANK

सूर्यज्योति लाइफ इन्स्योरेन्सको दुई दिने ‘कर्पोरेट मिट’ सम्पन्न

अर्थ सरोकार

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको दुई दिने ‘कर्पोरेट मिट २०८०’ सम्पन्न भएको छ । इन्स्योरेन्सले आफ्नो प्रधान कार्यालयमा कार्यरत कर्मचारीहरुको व्यक्तित्व विकास र उत्प्रेररणालाई मध्यनजर गर्दै धुलिखेलको होटल सारथीमा कर्पोरेट मिट २०८० सम्पन्न गरेको हो ।

उक्त दुई दिने कार्यक्रमको पहिलो दिन कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले कम्पनीको आगामी योजना सम्बन्धी जानकारी गराउँदै यस वर्षको मूल रणनिति ‘गुड टु ग्रेट’ विषयवस्तुमा प्रस्ट पारेका थिए । उनले सम्पुर्ण सहभागीहरुलाई वृस्तित रुपमा सबै कर्मचारीहरुले आफ्नो सोच, कार्यशैली, ग्राहकलाई पस्किने सेवा र सुशासनमा ल्याउनु पर्ने परिवर्तन सम्बन्धी मार्ग निर्देशन गरेका थिए ।

त्यस्तै, कार्यक्रमको दोश्रो दिन मोटिभेसनल स्पिकर बि.के रमण नेपालीले सम्पुर्ण सहभागीहरुलाई अन्तरक्रियात्मक खेलहरु मार्फत व्यक्तित्व विकास सम्बन्धी तालिम दिएका थिए ।

त्यसैगरी, प्रमुख कार्यकारी अधिकृत खत्रीले सुर्यलाइफ र ज्योति लाइफको ऐतिहासिक सफल मर्जर पश्चात कम्पनी हरेक सुचकहरुमा अव्वल हुँदै आइरहेको बताउँदै कम्पनीको दुरगामी लक्ष्य प्राप्तिका लागि आफु कटिबद्ध रहेको साथै बिमितको सहज सेवा सुविधालाई अझै चुस्त दुरुस्त बनाउनका लागि आवश्यक कार्यविधिमा तगारुकताका साथ् परिमार्जित गर्दै लैजाने पनि जानकारी गराएका थिए ।

साथै, कम्पनीका सञ्चालक नन्द किशोर शर्माले कर्मचारीहरुको व्यक्तित्व विकाश र हितका लागि सदैव सञ्चालक समितिको साथ रहेको र कम्पनीले संस्थागत सूसाशनमा जोड दिँदै जाने बताएका थिए । र नियामक निकाय बीमा प्राधिकरणबाट जारी भएका नीति नियमहरु अनिवार्य पालना गर्नु पर्नेमा ध्यानकर्षण गराएका थिए ।

कार्यक्रममा कम्पनीका सञ्चालक द्वय नन्द किशोर शर्मा र हेमन्त नहाटा, कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का लगायत सम्पुर्ण कर्मचारीहरुको सहभागीता रहेको थियो ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK