काठमाडौँ । भृकुटीमण्डपमा स्टक क्लियरेन्स मेला हुने भएको छ । दशैंका लागि सस्तो मूल्यमा वस्तु तथा सेवा एकै छाना मुनी उपलब्ध गराउने उद्देश्यका साथ इभेण्ट सोलुसन प्रालिले उक्त मेलाको आयोजना गर्न लागेको हो ।
उक्त मेला दशैंको अवसरमा बिहीबार देखि भृकुटीण्डपमा छैठौं संस्करणको स्टक क्लियरेन्स मेला ‘ग्राण्ड सेल’ आयोजना हुने भएको हो । बजारको तुलनामा दैनिक उपभोग्य सामानहरु सस्तोमा उपलब्ध हुने इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले जानकारी दिएका छन् ।
प्रधानका अनुसार, ‘एकै छाना मुनी सुपथ मूल्यमा आम उपभोक्तालाई दशैंको किनमेल गराउने उद्धेश्यले मेला आयोजना गरिएको हो । नेपाल, भारत, चिन, बंगलादेश, पाकिस्तान, मलेसिया, जापान तथा अन्य युरोपेली मुलुकमा उत्पादित सामानहरुको बृहत मेलामा सामान खरिद गर्ने ग्राहकले ५० प्रतिशत भन्दा बढी दशैं विशेष छुट पाउने छन् ।’
साथै, नेपाली उत्पादनमा विभिन्न किसिमका अफरहरु पनि सञ्चालन हुनेछन् । वर्षेनी आयोजना हुँदै आएको एक्स्पोलाई यस पटक पनि निरन्तरता दिँदै ‘दशैंको बेला सस्तो मेला’ नारा दिइएको इभेण्ट सोलुसनका प्रबन्ध निर्देशक प्रधानले बताए । उक्त मेलामा दशैंका लागि आवश्यक सबै किसिमका सामग्रीहरु सस्तो मूल्यमा किनमेल गर्न सकिने प्रधानले बताएका छन् ।
सो मेलामा कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स, मोटरसाइकल तथा होम अप्लाइन्सेज लगायतका स्टलमा उपभोक्ताका आवश्यक्ता अनुसारका सामानहरु राख्नेछन् । साथै, बजारको तुलनामा सस्तोमा स्वदेशी तथा विदेशी ब्राण्डका सामान खरिद गर्न सकिने जानकारी प्रधानले दिए ।
त्यस्तै, दशैंको किनमेलका लागि उपभोक्ता बजारमा धेरै भौंतारिनु पर्ने अवस्था नहोस् भन्नका लागि एउटै छाना मूनी क्लियरेन्स मेला आयोजना गरिएको प्रधानको भनाई रहेको छ । साथै, असोज २५ गते सुरु हुने मेला २९ गतेसम्म चल्ने जानकारीसमेत दिएका छन् ।
उक्त मेला बिहान १० देखि साँझ ६ बजेसम्म चल्ने छ । साथै, मेलामा ५० हजार उपभोक्ता आउने अपेक्षा गरिएको प्रबन्ध निर्देशक विजय सागर प्रधानले बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्