×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गभर्नर महाप्रसाद अधिकारी र अर्थमन्त्री महतबीच भेटवार्ता, मौद्रिक नीतिको समीक्षामा छलफल

PRIME CA
GLOBAL IME BANK

गभर्नर महाप्रसाद अधिकारी र अर्थमन्त्री महतबीच भेटवार्ता, मौद्रिक नीतिको समीक्षामा छलफल

१४ मंसिर २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थमन्त्री डा.प्रकाशशरण महतबीच भेटवार्ता भएको छ ।  गभर्नर अधिकारी र अर्थमन्त्री महतबीच बिहीबार भएको भेटवार्तामा मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिबारे छलफल भएको हो ।

यस्तै, उनीहरुबीच मौद्रिक नीतिको समीक्षामा छलफल भएको छ । सो अवसरमा उनले अर्थमन्त्री समक्ष आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदन पनि बुझाएका छन् । प्रतिवेदनका अनुसार केन्द्रीय बैंकले आर्थिक वर्ष २०७९- ८० मा ८७ अर्ब बढी खुद नाफा कमाएको छ ।

केन्द्रीय बैंकले आर्थिक वर्ष २०७९-८० मा ८७ अर्ब ६० करोड ३७ लाख ४५ हजार ४ सय ४८ रुपैयाँ खुद नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षको तुलनामा राष्ट्र बैंकको खुद नाफा २९.२५ प्रतिशतले बढी हो ।

त्यस्तै, गत वर्ष राष्ट्र बैंकको खुद नाफा ६१ अर्ब ९८ करोड रुपैयाँ भएको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: