×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिक्षा र रोजगारीका लागि विदेश जान नपर्ने वातावरण बन्दैछः अर्थमन्त्री महत

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

शिक्षा र रोजगारीका लागि विदेश जान नपर्ने वातावरण बन्दैछः अर्थमन्त्री महत

Artha Sarokar

१० मंसिर २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । शिक्षा र रोजगारीका लागि विदेश जान नपर्ने वातावरण नेपालमै सिर्जना भइरहेको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । शुक्रबार नुवाकोट जिल्ला भलिवल संघद्वारा आयोजित प्रथम अन्तरपालिका स्तरीय विद्यालय छात्र भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अर्थमन्त्री महतले भने, ‘नेपालमै विकास हुन्छ, नेपालमै रोजगारीका अवसर बढ्छन् । विस्तारै विदेश जानु नपर्ने अवस्था यहाँ सिर्जना हुन्छ । जलविद्युत आयोजनामा लगानी भइरहेको छ । पर्यटकको संख्या बढ्दैछ । कृषि क्षेत्रमा लगानी बढ्छ । सुचना प्रविधिमा धेरै युवाहरु लागेर आम्दानी गरिरहेका छन् ।’

उनले सामाजिक सञ्जाल प्रयोग गरेर जनतामा भ्रम फैलाउन प्रयास भइरहेको बताएका छन् । केही व्यक्तिहरुले जनताको भावनामा खेलेर आफ्नो कुन्छित उद्देश्य प्राप्त गर्छु भन्ने कसैले ठानेको छ भने त्यो सफल नहुने महतले स्पष्ट पारेका छन् ।

खेलकुदलाई सरकारले प्राथमिकतामा राखेको र राष्ट्रिय गौरवको आयोजनामा राखेर हामी क्रिकेट मैदान निर्माण जानकारी दिँदै अन्य खेलकुदको विकास गर्ने सरकारको प्राथमिकतामा रहेको बताए । उनले भने, ‘नुवाकोट शिक्षामा धेरै पछाडि थियो । हाम्रा पालामा त्रिशुलीमा मात्र एउटा हाइस्कुल थियो, गाउँमा प्राथमिक विद्यालय पनि थिएन । मैले चौतारामुनि पढ्न सुरु गरेको हुँ । तर, पढ्ने अठोट भयो भने अगाडि बढ्न सकिन्छ । पढाइलाई उच्च प्राथमिकता दिन म भाइ बहिनीहरुलाई आग्रह गर्छु । पढाइ र सिप भयो भने सबै कुरा प्राप्त हुन्छ ।’

यस्तै, पढाइलाई उच्च प्राथमिकता दिन आग्रह गर्दै महतले भने, ‘पढाइलाई प्राथमिकता राख्ने विद्यार्थीका अभिभावले पनि साथ दिनुहुनेछ । पढाइ भयो भने प्रगति गर्नबाट कसैले रोक्न सक्दैन । नुवाकोटमा पछिल्लो समय धेरै विकास भएको हो ।  म पनि ऊर्जालगायत विभिन्न जिम्मेवारीमा रहेँ । त्यो बेला विजुलीलगायत अन्य विकास विस्तार भयो ।’

मन्त्री डा.महतले भने, ‘अहिल म अर्थमन्त्री हुने अवसर पाएको छु । नुवाकोटको विकासले थप मौका पाएका छ । बालाजु, ककनी, त्रिशुलीबाट धेरै वर्षदेखि बिग्रिएको थियो भने अहिले निर्माणका लागि ठेक्का प्रकृया अगाडि बढिसकेको छ । अब त्यो बाटो पक्की बन्छ । उता कुमारी जाने बाटोमा पनि बजेट विनियोजन भएको छ ।’

काठमाडौं, छहरे, टोखा बाटो अहिले राम्रो भइसकेको जानकारी दिँदै  महतले भने, ‘सुरुङमार्ग निर्माणका लागि हामीले बजेट छुटाएका छौं । यसका लागि अर्बौ अर्ब रुपैयाँ चाहिन्छ । चिनियाँ सरकारलाई समेत सहभागी गराएर यो बाटो सम्पन्न गर्ने प्रयासमा हामी लागिरहेका छौं । ढिलोचाँडो यो सुरुङ मार्ग बन्छ भन्ने मलाई विश्वास छ ।’

नुवाकोट जिल्ला भलिवल संघद्वारा आयोजित कार्यक्रममा उनले  सुरुङ मार्ग निर्माण सम्पन्न भएसँगै नुवाकोट र काठमाडौंको दूरी छोटो हुने जनाएका छन् । साथै, नुवाकोटमै बसेर काठमाडौंमा जागीर खान सक्ने सक्ने बताएका महतले बताएका छन् ।

गोल्फुभञ्ज्याङसम्म पक्की बाटो निर्माणका लागि बजेट विनियोजन भएको महतले जानकारी दिएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी