×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रपतिद्वारा क्यासीको ३७औं सम्मेलनको समुद्धघाटन, दिगो उद्यमशीलता र व्यापारमा जोड

PRIME CA
GLOBAL IME BANK

राष्ट्रपतिद्वारा क्यासीको ३७औं सम्मेलनको समुद्धघाटन, दिगो उद्यमशीलता र व्यापारमा जोड

२० कार्तिक २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । एशिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ(क्यासी)को ३७औं दुई दिने सम्मेलनको समुद्धघाटन भएको छ । क्यासीको समुद्धघाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका हुन् । सम्मेलनमा दिगो उद्यमशीलता र व्यापारमा जोड दिइएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ र परिसंघले आयोजना गरेको कार्यक्रमको समुद्धघाटन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले एसिया प्यासिफिक क्षेत्रको सदस्यको रूपमा रहेको नेपालका लागि क्षेत्रीय व्यापार लगानी र संजाल निर्माणमा सम्मेलन कोशेढुंगा हुने बताएका थिए ।

एशिया प्रसान्त क्षेत्रका देशहरूसँग बलियो सम्बन्ध निर्माण गर्न यस्ता सम्मेलनले पुलको काम गर्ने पनि उनले स्पष्ट पारे । यस युगका चुनौतीको सम्बोधन र अवसरहरूको सदुपयोग गर्न यो सम्मेलन समय सापेक्ष र सान्दर्भिक रहेको उनको भनाई थियो ।

विश्व व्यापार परिदृश्यमा पङ्क्तिबद्ध र सकारात्मक परिवर्तन ल्याउन एसिया-प्रशान्त क्षेत्रका उद्योग वाणिज्य संघहरुको भूमिका निर्णायक हुने राष्ट्रपतिले बताए । एशिया-प्रशान्त द्रुत रूपमा विस्तार भैरहेको आर्थिक क्षेत्र भएको पनि उनले बताए ।

साथै राष्टपति पौडेलले नेपालमा लगानीको वातावरण सकारात्मक रहेकाले सम्मेलनमा सहभागि उद्यमी व्यवसायीहरुलाई एसिया प्रसान्त क्षेत्रको लगानी ल्याउन आग्रह समेत गरेका थिए । क्यासी एसिया प्रसान्त क्षेत्रका २६ देशका उद्योग वाणिज्य संघहरु सदस्य रहेको संस्था हो । काठमाडौंमा जारि सम्मेलनमा करिब ६० विदेशी उद्यमी व्यवसायीहरुको सहभागिता छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: