काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)ले भूकम्पपीडितहरुको लागि १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।
कार्तिक १७ गते शुक्रबार राति ११:४७ बजेको मध्येरातमा जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका-१ रामिडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको विनाशकारी भूकम्पबाट विशेषतः जाजरकोट र रुकुम पश्चिम जिल्लामा अपूरणीय जनधनको क्षति व्यहोर्नु परेको अकल्पनीय घटनाप्रति सिबिफिनले दु:ख व्यक्त गरेको छ ।
भूकम्पको भयावह अवस्थाबाट गुज्रिरहेका सम्बन्धित क्षेत्रका आम जनताको तत्काल खोज, उद्धार, घाईतेहरुको आवश्यक औषधोपचार र राहतसहित सुरक्षित पुर्नस्थापनामा सहयोग पुगोस् भन्ने हेतुले सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय निकायमार्फत सिबिफिनले १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको हो ।
राष्ट्रिय विपत्ती आइलागेको कठिन अवस्थालाई संवेदनशिल रुपमा लिँदै सिबिफिनले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग सम्पर्क गरी प्रभावित जनताको वस्तुस्थितिको वारेमा जानकारी लिई तत्काल खाद्यान्य, औषधोपचार, न्याना लत्ताकपडासहितको बसोबास अत्यावश्यक रहेको जानकारी प्राप्त भएकोले उल्लेखित राहत सामाग्री जुटाउने र सम्बन्धित क्षेत्रमा पुर्याउने मानवीय सेवाको कार्यमा सहयोगी हात अगाडि बढाउन सम्बन्धित प्रदेश/जिल्ला तथा स्थानीय निकायहरुमा संचालित सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुमा आग्रह समेत गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्