×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंक र इन्द्रेणी सुइट होटलबीच सम्झौता, बैंकका ग्राहकहरूलाई विशेष छूट दिने

PRIME CA
GLOBAL IME BANK

सिटिजन्स बैंक र इन्द्रेणी सुइट होटलबीच सम्झौता, बैंकका ग्राहकहरूलाई विशेष छूट दिने

१४ मंसिर २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । सिटिजन्स बैंक र इन्द्रेणी सुइट होटलबीच सम्झौता भएको छ । बैंक र इन्द्रेणी सुइट होटलबीच बैंकका ग्राहकहरूलाई विशेष छूट दिने सम्झौता भएको हो ।

यस्तै, समझदारीपत्रमा हस्ताक्षर पश्चात् कम्पनीका कार्डबाहकले इन्द्रेणी सुइट होटलमा १० प्रतिशतसम्मको आकर्षक छूट पाउनेछन् । यस किसिमको सहकार्यबाट ग्राहकहरु लाभान्वित हुने गर्छन । साथै, नगदबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने कम्पनीले जनाएको छ ।

कम्पनीले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । ग्राहकहरुले कम्पनीको वेबसाइटमा डिजिटल कारोबार गर्दा पाइने छूट सम्बन्धी विस्तृत विवरणहरु प्राप्त गर्न सक्नेछन् ।

यस्तै, बैंकले देशभरका १ सय ८९ वटा शाखा, १ सय ४९ एटीएम र ९७ वटा शाखा रहित बैंकिङ इकाईहरुबाट १६ लाख ७६ हजार ग्राहकलाई बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: