×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एट्टिक रेष्टुरेष्ट, सिटी एक्सप्रेस ग्रुप र सिटी वालेटबीच सम्झैता

PRIME CA
GLOBAL IME BANK

एट्टिक रेष्टुरेष्ट, सिटी एक्सप्रेस ग्रुप र सिटी वालेटबीच सम्झैता

१४ मंसिर २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । एट्टिक रेष्टुरेष्ट, सिटी एक्सप्रेस ग्रुप  र सिटी वालेटबीच सम्झैता भएको छ । कम्पनीले आफ्ना कर्मचारी र ग्राहकलाई उचित मूल्यमा उच्च गुणस्तरीय सेवा उपलब्ध गराउने उदेश्यले सम्झैतापत्रमा हस्ताक्षर गरेको हो ।

सो सम्झैता पत्रमा एट्टिक रेष्टुरेन्टकी बिजनेस डेभलपमेन्ट हेड रश्मिता विष्ट र सिटी एक्सप्रेस ग्रुप अफ कम्पनीजका तर्फबाट सिटी वालेटका प्रमुख कार्यकारी अधिकृत विनय रेग्मीले हस्ताक्षर गरेका छन् । सिटी एक्सप्रेस ग्रुप अफ कम्पनीजको मान्यता प्राप्त ग्राहकलाई एट्टिक रेष्टुरेन्टमा १० प्रतिशत छुट दिनेछ ।

यस्तै, दुवै कम्पनीले आगमी दिनमा सञ्चालन गर्ने सामाजिक कार्यहरुमा एकअर्काको प्रबर्द्धन गर्ने र दुई पक्षबीच हातेमालो गरी अघि बढ्ने सहमति गरेका छन् । रेष्टुरेन्टका बिजनेस डेभलपमेन्ट हेड रश्मिता विष्टले भनिन्, ‘नेपाली वित्तीय क्षेत्रको एक प्रतिष्ठित संस्थासँग मिलेर काम गर्न पाउँदा हामी खुसी छौँ । आगामी दिनमा एक अर्काले आयोजना गर्ने कार्यक्रममहरुमा पनि सहकार्य हुने आशा गर्दछु । मलाई आशा छ कि यो सहकार्यले हाम्रो ग्राहकहरूलाई एकै ठाउँमा उभ्याउनेछ ।’

सिटी एक्सप्रेस ग्रुप अफ कम्पनीजले चाडै नै सिटी वालेट नामक प्रतिस्पर्धात्मक डिजिटल वालेट सेवा सुरु गर्दैछ । सिटी वालेट बजारमा आएपछि ग्राहकवर्गलाई आगामी दिनमा आर्थिक कारोबारमा सहज हुने अपेक्षा गरिएको छ । सिटी वालेटका प्रमुख कार्यकारी अधिकृत विनय रेग्मीले भने, ‘कर्पोरेट बैठकहरूको लागि एटिक रेष्टुरेष्ट सदैव पहिलो गन्तव्य भएको हो । नेपाली हस्पिटालिटी क्षेत्रको एक अग्रणी संस्थ एट्टिक रेष्टुरेष्टसँग मिलेर काम गर्न पाउँदा धेरै खुसी छौँ । सिटी ग्रुपले हाम्रा ग्राहकहरूलाई पैसाको कारोबार गर्न सजिलो बनाउन सिटी वालेट सेवा सुरु गर्दैछ । उनीहरूलाई आजको बजारमा उपलब्ध उत्कृष्ट सेवाहरू प्रदान गर्नेछ ।’

काठमाडौँको ज्ञानेश्वर अवस्थित एट्टिक रेस्टुरेन्टको स्थापना सन् २००९ मा भएको हो । स्थापना कालदेखी एट्टिक रेष्टुरेष्टले उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: