काठमाडौँ । हुण्डी तथा अनलाईन गेम्बलिङ संचालन गर्ने व्यक्ती पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका वडा नं २८ बागबजार घर भएका ४८ वर्षिय रुपेश श्रेष्ठ पक्राउ परेका हुन् ।
नेपाल राष्ट्र बैंकबाट बिना अनुमती विभिन्न स्थानमा रहेर केहि व्यक्तीहरुले समूह बनाई अवैध रुपमा हुण्डी कारोबार गरेको भन्ने सूचनाको आधारमा केन्द्रिय अनुसन्धान ब्युरोबाट खटिएका प्रहरी टोलीले खोजतलास गरिरहेका थिए ।
प्रहरीले श्रेष्ठलाई मिति २०८०-०८-०६ गते १ बजेको समयमा निजकै घरबाट प्रकाउ गरेको हो । निजले प्रयोग गरेका मोबाईलहरु चेक जाँच गर्दा नेपाल राष्ट्र बैंकसँग इजाजतपत्र नलिई विद्युतिय माध्यम क्यास एप जस्ता मोबाइल एप प्रयोग गरी हुण्डी, अनलाइन गेम्बलिङ, क्रिप्टो तथा अवैध रुपमा विदेशी विनिमय कारोबार गरेको प्रमाण प्रहरीले फेला पारेको थियो ।
त्यस्तै, प्रकाउ परेका व्यक्तिको घरको खोजतलासी गर्दा नेपाली ८९ लाख ६९ हजार रुपैयाँ, यिउएस डलर ७ हजार २६ को नेपाली रुपैयाँ ९ लाख ३३ हजार ८ सय २५ समेत गरि ९९ लाख २ हजार ८ सय २५ रुपैयाँ फेला पारी कानून बमोजिम निजलाई पक्राउ गरेको हो ।
उक्त व्यक्तिको थप अनुसन्धान कार्य जारी रहेको नेपाल प्रहरी प्रधान कार्यलय केन्द्रिय अनुसन्धान ब्युरोले जानकारी दिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्