×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अछाम घटनामा संलग्न फरार महिला पक्राउ, थप अनुसन्धान तथा कानूनी कारवाही हुने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

अछाम घटनामा संलग्न फरार महिला पक्राउ, थप अनुसन्धान तथा कानूनी कारवाही हुने

२३ कार्तिक २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अछाम घटनामा संलग्न फरार महिला पक्राउ परेकी छिन् । जिल्ला अछाम पञ्चदेवल बिनायक नगरपालीका वडा नं ८ घर भएकी ३० वर्षिय लक्ष्मी सुनारसमेतले  दिपेन्द्र ब.शाहीको हत्या गरेर फरार रहेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

मिति २०८०-७-१७ गते बिहान ६ बजेको समयमा १८ वर्षिय शाहीको हत्या गरेर लक्ष्मी फरार रहेकी थिईन । उनलाई २०८०-०७-२२ गते काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटीएका प्रहरी टोलिले काठमाडौँ महानगरपालीका १६ माछापोखरीबाट पक्राउ गरेका छन् ।

उक्त, घटनामा संलग्न महिलाको थप अनुसन्धान तथा कानूनी कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय अछाम पठाएको अपराध अनुसन्धान कार्यालले जानकारी दिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: