काठमाडौँ । सभामुख देवराज घिमिरेले निजी क्षेत्र मुलुकको आर्थिक विकासको खम्बाका रुपमा रहेको बताएका छन् । ९औँ अन्तर्राष्ट्रिय व्यापार मेला २०८० को उ्द्घाटन समारोहमा घिमिरेले संविधानले निजी क्षेत्रलाई मुलुकको आर्थिक विकासको खम्बाकै रुपमा लिएको उल्लेख गरका छन् ।
उनले भने, ‘निजी क्षेत्रको महत्वलाई संविधानले प्राथमिकताका साथ उल्लेख गरेको छ । सार्वजनिक, निजी र सहकारीहरुको सहभागिता र स्वतन्त्र विकासमार्फत् राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ गर्ने नीति लिएको छ । अर्थतन्त्रमा निजी क्षेत्रको भूमिकालाई महत्व दिँदै उपलब्ध स्रोत साधन अधिक्तम परिचालन गरी समृद्धि हासिल गर्ने सोच छ ।’
काठमाडौँमा मात्र नभएर सातै प्रदेशमा यस्ता प्रदर्शनीकक्षहरु निर्माण गर्न र व्यवस्थित तरिकाले प्रदर्शनको योजना बनाउने कुरामा संसदको तर्फबाट, सभामुखको तर्फबाट खेल्नु पर्ने भूमिकाको लागि आफूले प्रयत्न गर्ने घिमिरेले बताए । देशको कमजोर अर्थतन्त्रको पछाडि स्थायित्व नहुनु कारक रहेको भन्दै उनले भौतक पूर्वाधारको विकास कम हुनु, लगानीमैत्री वातावरणको कमी हुनु, करका दरको अनिश्चितता जस्ता कुराहरुले निजी क्षेत्रलाई लगानीको लागि प्रोत्साहन गर्न नसकिरहेको उल्लेख गरेका छन् ।
सभामुख घिमिरेले भने, ‘यस्ता समस्या हटाउन राजनीतिक प्रतिवद्धता सहितको लगानीमैत्री वातावरण निर्माण गर्न सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्छ । निजीक्षेत्रले स्वतन्त्र रुपमा काम गर्न पाउने हो भने आर्थिक विकास, रोजगारी सिर्जना र लगानी आकर्षित हुन्छ र मुलुक समृद्ध हुन सक्छ ।’
आर्थिक मन्दी रहेको, व्यावसायिक वातावरण नरहेको जस्ता हल्ला र प्रचार गरी मुलुकको अर्थतन्त्र कमजोर बनाउनुभन्दा पनि सरकार र निजी क्षेत्रबीचको समन्वयको जगमा औद्योगिक वातावरण बनाउन लाग्नु पर्नेमा उनले जोड दिएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्