Skip to content
LAXMI SUNRISE BANK

दिपाशाको श्वास नजाँदै कसले चलायो निधनको हल्ला ?

अर्थ सरोकार

काठमाडौँ । अभिनेत्री दिपाशा बिसी (जलपरी) को निधन नभएको खुलासा भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि बुधबार राति नर्भिक अस्पताल पुर्याइएकी २७ वर्षीया दिपाशाको निधन भएको खबर विभिन्न सञ्चारमाध्यममा आईरहेको बेला उनको निधन नभएको खुलासा भएको हो ।

नर्भिक अस्पतालको आईसियु बेड नम्बर २०२ मा उपचाररत दिपाशाको हालसम्म निधन नभएको पाइएको हो । सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै कडेल आयुसाले अहिले पनि दिपाशाको श्वासप्रश्वास चलिरहेको पुष्टि गरेकी छिन् ।

‘हो अवस्था निकै नाजुक छ । तर यो स्टाटस पब्लिस हुँदासम्म उसको श्वासप्रश्वास भइरहेको छ ।’, उनले लेखेकी छिन्, ‘नर्भिक हस्पिटलको आईसियु २०२ न. बेडमा आएर हेर्नुहोस् ।’

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK