×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियानको विजेतालाई पुरस्कार रकम हस्तान्तरण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियानको विजेतालाई पुरस्कार रकम हस्तान्तरण

Artha Sarokar

१७ कार्तिक २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं ।  डिशहोमले ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियानको विजेतालाई पुरस्कार रकम हस्तान्तरण गरेको छ । उक्त योजना अन्तर्गत वेलचौतारा, शुक्ला गण्डकीका टार्जन गुरुङले नगद रु. एक लाख रुपैयाँ जितेका छन् ।

डिशहोमले एक कार्यक्रमको आयोजना गरी गुरुङलाई पुरस्कार रकम हस्तान्तरण गरेको हो । २०८० कार्तिक ३ गतेको लक्की ड्रबाट गुरुङले एक लाख जित्न सफल भएका थिए ।

कम्पनीले दशैं तिहारलाई लक्षित गर्दै ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना सार्वजनिक गरेको हो । सो योजना अनतर्गत  डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता लक्की ड्र मार्फत नगद रु एक लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्नेछन् ।

त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् जसमा नगद रु दश लाख, मिडियामा प्रसिद्धी र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन् । अभियानमा सहभागी हुनका लागि ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने कम्पनीले जनाएको छ ।

सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको शोकेश, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारीक फेसबुक पेज र ईमेज टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण हुनेछ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी