×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिशहोमले नेपाली खेलाडीहरुको हौसला बढाउँदै घोषणा गर्‍यो २० लाख पुरस्कार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

डिशहोमले नेपाली खेलाडीहरुको हौसला बढाउँदै घोषणा गर्‍यो २० लाख पुरस्कार

Artha Sarokar

१५ कार्तिक २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । डिशहोमले नेपाली खेलाडीहरुको हौसला बढाउँदै २० लाख पुरस्कार घोषणा गरेको छ । सो कम्पनीले नेपाली क्रिकेट खेलाडीहरुले मैदानमा देखाएको प्रयत्नमा खुशी व्यक्त गर्दै खेलाडीहरुको प्रोत्साहनका लागि २० लाख सम्मको नगद पुरस्कार घोषणा गरेको हो ।

नेपाली खेल मैदानमा भईरहेको टी-२० क्रिकेट विश्वकप छनोटको खेलमा नेपाली क्रिकेट खेलाडीहरुका हरेक रन, हरेक विकेट र हरेक माइल्स्टोनलाई सम्मान गर्दै हरेक इनिङ्गमा नेपाली खेलाडीहरुको हौसला बढाउनको लागि नगद पुरस्कारको घोषणा गरेको छ ।

खेलाडीहरुले एकै खेलमा सय रन र पाँच विकेट दुबै लिएमा २० लाख, सय रन गरेमा १० लाख, पाँच विकेट लिएमा ५ लाख, हाल्फ सेन्चुरी गरेमा एक लाख, ३ विकेट लिएमा १ लाख, ३५ रनको ५० हजार र ३ क्याच (स्टम्पिङ्) गरेमा ५० हजार रुपैयाँ नगद पुरस्कार दिने घोषणा कम्पनीले गरेको हो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी