×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिशहोमले सार्वजनिक गर्यो नयाँ अफर, वार्षिक प्याकेज जडान गर्दा फाईभ-जी राउटर सितैमा

PRIME CA
GLOBAL IME BANK

डिशहोमले सार्वजनिक गर्यो नयाँ अफर, वार्षिक प्याकेज जडान गर्दा फाईभ-जी राउटर सितैमा

१२ मंसिर २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । डिशहोमले नयाँ अफर सार्वजनिक गरेको छ । कम्पनीले आकर्षक छुटसहित ईन्टरनेटका विभिन्न वार्षिक योजनाहरु सार्वजनिक गरेको हो ।

कम्पनीको उक्त अफर अन्तर्गत अब नयाँ ग्राहकहरुले ५० एमबीपीएसको वार्षिक प्याकेजमात्र ६ हजार ६ सय ८५ (भ्याट बाहेक) मा जडान गर्न सक्नेछन् । साथै, ग्राहकले वार्षिक प्याकेज जडान गर्दा फाईभ-जी (डुअल ब्यान्ड) राउटर पनि सितैमा पाउने कम्पनीले जनाएको छ ।

यसअघि ५० एमबीपीएसको वार्षिक प्याकेजको मुल्य ७ हजार ७ सय ९९ रुपैयाँ थियो । कम्पनीको ‘सान्दार १२ महिने योजना’ अफर अन्तर्गत नयाँ ग्राहकले ५० एमबीपीएस देखि ३ सय एमबीपीएससम्मका प्याकेजहरु जडान गर्न सक्नेछन् । जसमा ग्राहकहरुले ५० एमबीपीएस देखि २ सय ५० एमबीपीएससम्मको वार्षिक प्याकेज जडान गर्दा फाईभ-जी राउटर पाउनेछन्  । साथै, ३ सय एमबीपीएसको प्याकेज लिने ग्राहकले वाईफाई-६ राउटर पाउने डिशहोमले जनाएको छ ।

यस्तै, कम्पनीले यसअघि जारी गरेको फेस्टिभ २४ महिने अफरलाई भने निरन्तरता दिने जनाएको छ । साथै, ५० एमबीपीएसको २४ महिने अफरको मुल्य १० हजार ४ सय ९९ रुपैयाँ (भ्याट बाहेक) पर्नेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: