×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पूरानो राष्ट्रिय गान बजाएको भन्दै प्रसाईंविरुद्ध प्रहरीमा जाहेरी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

पूरानो राष्ट्रिय गान बजाएको भन्दै प्रसाईंविरुद्ध प्रहरीमा जाहेरी

Artha Sarokar

५ मंसिर २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । युवा संघ नेपालले दुर्गा प्रसाईंविरुद्ध धनुषा प्रहरीमा जाहेरी दिएको छ । कार्यक्रममा पूरानो राष्ट्रिय गान बजाएको भन्दै एमालेको भातृ संगठन युवा संघले प्रसाईंविरुद्ध प्रहरीमा जाहेरी दिएको हो ।

प्रहरीका अनुसार ‘हिन्दू सम्राट सेना धनुषा’ले आयोजना गरेको कार्यक्रममा ‘श्रीमान गम्भीर नेपाली’ नामको गान बनाइएको भन्दै जाहेरी परेको हो । सो कार्यक्रममा अतिथि रहेको प्रसाईंकै निर्देशनमा उक्त गान बजाएर नेपाली राष्ट्रिय गानको अपमान गरेको भन्दै युवा संघले प्रसाईविरुद्ध जाहेरी दिएको हो ।

प्रसाईंविरुद्ध युवा संघ धनुषाका अध्यक्ष ३० वर्षीया रोशनकुमार यादवले जाहेरी दिएका हुन् । प्रहरीमा जाहेरी परे पनि हाल उक्त जाहेरीउपर अध्ययन भइरहेको धनुषा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त जाहेरीमा प्रसाईंलाई हदैसम्मको कैद तथा जरिवाना गर्न माग गरिएको छ ।

यता मंसिर ७ गते प्रसाईं र युवा संघले काठमाडौँमा बृहत प्रदर्शको आयोजना गरेका छन् । सो दिन युवा संघको प्रदर्शनका लागि तिनकुने र प्रसाईंको प्रदर्शनका लागि बल्खु क्षेत्र तोकिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी