×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इसेवाद्वारा नेपाल क्रिकेट संघलाई मेडिकल किट प्रदान

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

इसेवाद्वारा नेपाल क्रिकेट संघलाई मेडिकल किट प्रदान

Artha Sarokar

२० कार्तिक २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । इसेवाले नेपाल क्रिकेट संघ ‘क्यान’लाई विभिन्न किसिमका मेडिकल किट प्रदान गरेको छ । इसेवाले एक कार्यक्रमको आयोजना गरेर क्यानलाई मेडिकल किट प्रदान गरेको हो ।

क्यानलाई मेडिकल किट इसेवाका प्रमुख बिजनेस अफिसर आशिष गौतम र चिफ स्ट्राटेजी अफिसर रबी शाक्यले हस्तान्तरण गरेका थिए । कार्यक्रममा खेलाडी सोमपाल कामी र आशिफ शेखलाई नगद रू ५० हजार हजारका दरले उपहार पनि हस्तान्तरण गरिएको थियो । सो उपहार खेलाडीहरुले एसिया कपमा गरेको प्रदर्शनको आधारमा दिईएको थियो ।

इसेवाले जहिले पनि नेपाली खेलकुदको प्रवर्द्धनका लागि विभिन्न किसिमका सहयोग उपलब्ध गराउँदै आएको छ । नेपाल र नेपाली खेलकुदलाई माथि उठाउन इसेवाले आफ्नो सिएसआर रकममार्फत निरन्तर सहयोग प्रदान गर्दै आएको छ ।

हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ७८ लाख ग्राहकले सेवा लिइरहेका छन् । यसैभरी देशभर रहेका दुई लाख भन्दा बढि एजेन्ट मार्फत अप्रत्यक्ष रुपमा डेढ करोड भन्दा जनसंख्याले सेवा लिइरहेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी