काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । पहिलो त्रैमाससम्मको अपरिस्कृत वित्तिय विवरण अनुसार लघुवित्तको नाफा घटेको छ ।
गत वर्षको तुलनामा लघुवित्तको खुद नाफा ५८.२० प्रतिशतले घटेको छ । कम्पनीले २८ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोहि अवधिमा लघुवित्तले ६८ लाख ९२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी पनि २०.२३ प्रतिशतले घटेर २ करोड ८४ लाख २४ हजार रुपैयाँमा पुगेको छ । यस्तै, संचालन नाफा पनि ५८.२१ प्रतिशतले घटेर ४१ लाख १५ हजार रुपैयाँ पुगेको छ । गणपति लघुवित्तको खुद ब्याज आम्दानी र संचालन नाफा दुबै घटे पछि नाफा प्रभावित भएको हो ।
साथै, कम्पनीको खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । यसको प्रतिसेयर आम्दानी १० रुपैयाँ ५९ पैसाले घटेर ७ रुपैयाँ ६ पैसा सिमित भएको छ भने प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ १५ पैसा रहेको छ ।
हाल लघुवित्तको चुक्ता पुँजी १५ करोड १५ लाख ५४ हजार रुपैयाँ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्