काठमाडौं । गरिमा विकास बैंक १७औं बसन्तमा प्रवेश गरेको छ । बैंकले मंसिर ७ गते आफ्नो स्थापनाकालको १६औं वर्ष पार गरि १७औं बसन्तमा प्रवेश गरेको अवसरमा १७ वटा कार्यक्रमको आयोजना गरेको हो ।
काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको बैंकले नेपालको विभिन्न शहरी तथा ग्रामिण जिल्लाहरुमा १ सय २३ शाखा कार्यालय र ५१ एटिएमबाट सरल, सुरक्षीत एवं गुणस्तरीय बैकिङ सेवा प्रदान गर्दै आइरहेको छ । हाल प्रकाशित चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण अनुसार बैंकले ८० अर्ब निक्षेप संकलन गरेको छ । साथै, कम्पनीको करिब ६८ अर्ब कर्जा लगानीमा रहेको छ ।
बैंकले आफ्नो वासलात एवं अन्य प्रमुख वित्तीय सूचकहरुमा निरन्तर उत्साहजनक तथ्य प्रस्तुत गरिरहेको छ । करिब ८ लाख ग्राहकहरुलाई सेवा पुर्याईरहेको बैंकले यस गरिमामय यात्रामा निरन्तर साथ दिने सेवाग्राही, सेयरधनी महानुभावहरु, नियमनकारी निकायहरु, कर्मचारी तथा शुभेच्छुकहरु प्रति आभार व्यक्त गरेको छ ।
यस्तै, बैंकले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा काठमाडौंको पुतलीसडकमा १ सय २३औं शाखा विस्तार गरेको छ । साथै, देशैभर एकैदिन १७ वटा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुसमेत आयोजना गरेको हो ।
बैंकले आयोजना गरेको १७ वटा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु:
१. रक्तदान कार्यक्रम: विकास बैंकको प्रधान कार्यालय, लाजिम्पाटमा आयोजित रक्तदान कार्यक्रमबाट १ सय ९ युनिट रगत संकलन भएको छ ।
२. रक्तदान कार्यक्रम: विकास बैंकको क्षेत्रीय कार्यालय नारायणगढमा आयोजित रक्तदान कार्यक्रमबाट
१ सय ५२ युनिट रगत संकलन भएको छ ।
३. रक्तदान कार्यक्रमः विकास बैंकको क्षेत्रीय कार्यालय पोखरामा आयोजित रक्तदान कार्यक्रमबाट १ सय ५ युनिट रगत संकलन भएको छ ।
४. गलेश्वरधाम जेष्ठ नागरिक आश्रम, म्याग्दीमा न्यानो कपडा वितरण
५. श्री शिव पार्वती बृद्धाश्रम तथा बहुउद्धेश्य संस्था, स्याङ्जा मा न्यानो कपडा वितरण
६. गुरुकुल बृद्धाश्रम, स्याङ्जा मा न्यानो कपडा वितरण
७. विर्तामोड नगरपालिका, झापाको सबै वडाहरुका लागि डस्टबिन हस्तान्तरण
८. भृकुटीपथ टोल विकास संस्था एवं पुतलीबजार टोल विकास संस्था, चितवनमा डस्टबीन हस्तान्तरण
९. श्री जनता माध्यमिक विद्यालय, मलंगवा, सर्लाहीमा अध्ययनरत कक्षा १ का ८५ जना विद्यार्थीहरुका लागि स्कुल ब्याग वितरण
१०. अनाथ तथा असहाय महिला कल्याण समाज, रुपन्देहीको अनाथ आश्रममा आवश्यक ईन्भर्टर हस्तान्तरण
११. प्रशान्ति बृद्धाश्रम केन्द्र सुर्खेतलाई आवश्यक बेड हस्तान्तरण
१२. ट्राफिक व्यवस्थापनलाई थप सहजिकरण हेतु क्षेत्रीय ट्राफिक कार्यालय इटहरीको समन्वयमा डिजिटल बोर्ड स्थापना
१३. वित्तिय जागरुकताका लागि नेशनल इन्फोटेक कलेज, विरगंजमा वित्तिय साक्षरता कार्यक्रमको आयोजना
१४. सेती प्रादेशीक अस्पताल, धनगढीमा आर्थिक सहयोग एवं अस्पतालमा भर्ना भएका विरामीहरुलाई फलफूल वितरण
१५. काठमाडौंको बुढानिलकण्ठ मन्दिरलाई सय थान कुर्सी हस्तान्तरण
१६. नेपाल प्रहरी अनाश्रीत गुल्म, सुन्धारालाई भिजिटर कुर्सी हस्तान्तरण
१७.अमर सेवा नेपाल अनाथ आश्रमलाई आवश्यक कम्प्युटर र प्रिन्टर हस्तान्तरण
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्