×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा.गुणराज लोहनी नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा.गुणराज लोहनी नियुक्त

Artha Sarokar

१४ मंसिर २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा.गुणराज लोहनी नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लोहनीलाई चार वर्षका लागि बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।

लोहनी अवकाश प्राप्त चिकित्सक हुन् । उनकै पहलमा २०७२ साल चैत २५ मा स्वास्थ्य बीमा कार्यक्रम सुरुवात भएको थियो । उक्त समयमा उनी बोर्डको कार्यकारी निर्देशक रहेका थिए ।

यस्तै, स्वास्थ्य बीमा बोर्डको अध्यक्षबाट गत माघ २४ गते डा सेनेन्द्रराज उप्रेतीले राजीनामा दिएपछि उक्त पद रिक्त भएको थियो । मन्त्रिपरिषद् बैठकले रिक्त भएको सो पदमा लोहनीलाई नियुक्त गरेको हो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी