×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइएचएको उपाध्यक्षमा सुशील पोखरेल निर्वाचित, जलविद्युत् क्षेत्रमा गौरवपूर्ण इतिहास रच्न सफल

LAXMI SUNRISE BANK

आइएचएको उपाध्यक्षमा सुशील पोखरेल निर्वाचित, जलविद्युत् क्षेत्रमा गौरवपूर्ण इतिहास रच्न सफल

२२ कार्तिक २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । आइएचएको उपाध्यक्षमा सुशील पोखरेल निर्वाचित भएका छन् । बिजबेलका संस्थापकसमेत रहेका युवा जलविद्युत् उद्यमी सुशील पोखरेल २०२३-२५ का लागि इन्टरनेशनल हाइड्रोपावर एसोसिएसन (आइएचए) को उपाध्यक्षमा निर्वाचित भएका छन् ।

विकासोन्मुख यात्रामा अगाडि बढेको देशका लागि विश्व जलविद्युत् मञ्चमा नेपालको यो गौरवपूर्ण उपलब्धि रहेको छ । कात्तिक १४देखि १६ गतेसम्म इन्डोनेसियाको बालीमा आयोजना भएको ‘अन्तर्राष्ट्रिय जलविद्युत् सम्मेलन, २०२३’ को क्रममा पोखरेल उपाध्यक्षमा निर्वाचित भएको घोषणा गरेका थिए ।

त्यस्तै, दूरदर्शी नेतृत्व क्षमता, जलविद्युत् तथा स्वच्छ ऊर्जा विकासमा उनको निरन्तरको लगावका कारण उनलाई उपाध्यक्षमा निर्वाचित गरेका हुन् । उनले एसिया तथा मध्य एसियाका २८ देशलाई नेतृत्व गर्ने बताएका छन् । विश्व जलविद्युत् मञ्चमा भएको उपस्थितिले दिगो स्वच्छ तथा नवीकरणीय ऊर्जा विकासमा कटिबद्ध भएर लाग्ने उनको अभियानलाई प्रोत्साहन मिलेको छ । साथै, नेपालको गरिमालाईसमेत उचाइमा पुर्याएको छ ।

पोखरेलले लामो समयदेखि हरित ऊर्जा र दिगो जलविद्युत् विकासको नीतिगत तहमा बहस तथा पैरवी गर्दै आएका छन् । उपाध्यक्षमा नियुक्त भएसँगै पोखरेलले नेपालको जलविद्युत् क्षेत्रलाई विश्वको लगानीयुक्त गन्तव्य बनाउने अभियानलाई आफूले अझ प्रबलरूपमा अगाडि बढाउने बताएका छन् ।

‘दिगो जलविद्युत् मापनको मापदण्डका आधारमा नेपालका जलविद्युत् आयोजनाहरू प्रमाणीकरण भएका छन् । उनले खुसी व्यक्त गर्दै भने, ‘यसले हामीलाई हरित ऊर्जा विकासमार्फत दिगो भविष्यको आधार निर्माण गर्न पर्याप्त अवसरहरू प्रदान गरेको छ ।’ दिगो जलविद्युत विकासमा अविराम खटिइरहेका पोखरेलले सन् २०३५ सम्म हजार मेगावाट नवीकरणीय ऊर्जा उत्पादन गर्ने एउटा अग्रगामी अभियान लिएर हिँडेका छन् ।

उनले बिजबेल कम्पनीमार्फत मध्य तथा दक्षिण एसियामा हरित ऊर्जामार्फत दिगो भविष्य निर्माण गर्ने अभियानमा आफ्नो गर्विलो पहिचान बनाउँदै अगाडि बढेका छन् । साथै, ३ दिनसम्म भएको सम्मेलनमा विभिन्न देशका ९ सय भन्दा बढी नीति निर्माता, बुद्धिजीवी, कुटनीतिज्ञ तथा जलविद्युत् क्षेत्रमा  काम गरिरहेको कम्पनीहरूका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

उक्त, सम्मेलन समापनको दिन जारी ‘बाली घोषणापत्र’ले स्वच्छ तथा नवीकरणीय ऊर्जामार्फत न्यून कार्बनयुक्त अर्थतन्त्र एवम् एकीकृत जलविद्युत् विकास गर्नुपर्नेमा जोड दिएको छ । आइएचएको वर्ष २०२३–२५ को अध्यक्षको नेतृत्व अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री माल्कोल्म टर्नबुलले गर्ने छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी