काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल टी-२० विश्वकपमा छनोट हुन सफल भएको सुखद अवसरमा सम्पूर्ण टी-२० नेपाली क्रिकेट टोलीलाई बिमाड्ढ रु. २५ लाख बराबरको आईएमई सुरक्षा म्यादी जीवन बीमा प्रदान गर्ने भएको छ ।
कम्पनीले नेपाली राष्ट्रिय क्रिकेट खेलाडी टोलीको मनोबल बढाउन र सम्मान स्वरुप खेलाडीहरुलाई सो जीवन बीमा प्रदान गर्ने भएको हो । इन्स्योरेन्सले ‘टी-२० विश्वकप फाइनल एशिया’ का टोलीमा भएका र नेपाली क्रिकेट जगतमा महत्वपूर्ण योगदान पुर्याएका सम्पूर्ण २० खेलाडीहरुलाई आईएमई सुरक्षा म्यादी जीवन बीमाद्वारा पुरस्कृत गर्ने घोषणा गरेको हो।
युएई विरुद्ध उत्कृष्ठ प्रदर्शन गरी फाइनलमा प्रवेश गरेका नेपाली क्रिकेट टोली आगामी खेलमा ओमानसँग खेल्ने छ । राष्ट्रिय क्रिकेट टोलीलाई टी-२० विश्वकपको यात्रामा समर्थन गर्न पाउँदा उत्साहित रहेको आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जनाएको छ ।
साथै, इन्स्योरेन्स कम्पनीले नेपाली क्रिकेट टोलीलाई ‘टी-२० विश्वकप फाइनल एशिया’ को फाइनल खेलका लागि शुभकामना व्यक्त गर्दै आगामी दिनहरुमा समेत नेपाली खेलकुद जगतलाई समर्थन तथा प्रोहत्साहन गर्न विभिन्न कार्यक्रमहरु ल्याउने प्रतिवद्धता लिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्