Skip to content
LAXMI SUNRISE BANK

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा एक करोड दुई लाखको मृत्यु दाबी भुक्तानी

अर्थ सरोकार

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले एक करोड दुई लाखको मृत्यु दाबी भुक्तानी गरेको छ ।

इन्स्योरेन्सबाट मिति २०७८/०७/२९ गते प्रदिप ज्ञवालीले ५० लाख बराबरको बिमालेख खरिद गरेका थिए । ज्ञवालीको २०८० साल बैशाख २४ गते दुर्घटनामा परी मृत्यु भएकाले इन्स्योरेन्सले मृतकी आमा टिका कुमारी घिमिरेलाई १ करोड २ लाखको मृत्यु दाबी भुक्तानी गरेको हो ।

उक्त दाबी भुक्तानी कार्यक्रममा कम्पनीका तर्फबाट गैडाकोट शाखा प्रमुख नारायण पौडेल, गैडाकोट नगरपालिकाका वडा अध्यक्ष विनोदकुमार मल्ल ,एजेन्सी म्यानेजर नवराज पौडेल ,लिलाधर कडेल लगायत स्वर्गीय ज्ञवालीको परिवार,छिमेकी जनप्रतिनिधिको उपस्थितिमा रकम हस्तान्तर गरिएको थियो ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK