काठमाडौँ । कामना सेवा बैंकले नि:शुल्क स्वास्थ्य शिविर र ‘वाकथन’ कार्यक्रम सम्पन्न गरेको छ । उक्त, बैंकले आफ्नो स्थापनाको १६औं वर्ष पार गरि १७औं वर्षमा प्रवेश गर्ने शुभ अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न गरेको हो ।
बैंकले चितवनको अमृत चोकमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । साथै, मनकामना अस्पताल, भरतपुरको प्राविधिक सहयोगमा आयोजित उक्त कार्यक्रममा १ सय ८५ जना व्यक्तिहरुले स्वास्थ्य परिक्षण गरेका छन् । अस्पतालका वरिष्ठ फिजिसियन उत्सव अधिकारीसमेतको स्वास्थ्य टोलीले उक्त कार्यक्रममा स्वास्थ्य परिक्षण गरेको बैंकले जानकारी दिएको छ ।
त्यस्तै, बैंकको वार्षिकोत्सवका कार्यक्रमहरु अन्तर्गत बैंकको केन्द्रीय कार्यालयमा कर्मचारीहरुको ‘वाकथन’ कार्यक्रम सम्पन्न गरेको छ । उक्त, ‘वाकथन’ कार्यक्रम बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वरदेखि मैतीदेवी मन्दीर, डिल्लीबजार, पुतलीसडक, हात्तीसार, नक्साल, नारायणचौर, नक्साल भगवती मन्दीर हुँदै पुन:बैंकको केन्द्रीय कार्यालयसम्म भएको थियो ।
सो कार्यक्रममा बैंकका उच्च व्यवस्थापन, विभागिय प्रमुखहरु, शाखा प्रबन्धकहरु तथा अन्य कर्मचारीहरुको वाक्लो उपस्थिती रहेको थियो । बैंकले आफ्नो स्थापनाको १७औं वार्षिकोत्सवको अवसरमा विभिन्न १७ वटा कार्यक्रम सहित सप्ताहव्यापी रुपमा कार्यक्रमहरु गर्ने भएको छ ।
कामना विकास बैंकले गत शुक्रवार देखि विभिन्न कार्यक्रमहरुको आयोजना गरिरहेको छ । साथै, बैंकले आगामी बिहिवारसम्म विभिन्न कार्यक्रमहरु गर्ने जानकारी दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्