काठमाडौं । कामना सेवा विकास बैंक स्थापनाको १६औं वर्ष पुरा गरी १७औं वर्षमा प्रवेश गरेको छ । बैंकले वार्षिकउत्सवको अवसरमा देशभर विभिन्न कार्यक्रमहरु आयोजना गरी सप्ताव्यापी रुपमा मनाउने भएको छ ।
१७औं वार्षिकउत्सवको अवसरमा १७ बाट कार्यक्रमहरु आयोजना गर्न लागेको बैंकले जनाएको छ । जस अन्तर्गत १७ गते शुक्रबार देखी २३ गते बिहीबारसम्म कामना सेवा फुटसलकप सिजन ३, हाईकिङ्ग कार्यक्रम, सरसफाई कार्यक्रम, सातै क्षेत्रमा रक्तदान कार्यक्रम, नि:शुल्क स्वास्थ्य शिविर, छात्रवृत्ती वितरण, ट्राफिक सचेतना वोर्ड हस्तान्तरण, वाकाथन कार्यक्रम, स्वास्थ्य ल्याव हस्तान्तरण, डिजिटल मेला, विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण, डिजिटल दान पेटिका हस्तान्तरण, नेत्रहिनहरुको वक्तृत्वकला प्रतियोगिता लगायतका कार्यक्रमहरु सम्पन्न गर्ने जनाएको छ ।
बैंकले हरेक वर्ष आयोजना गर्ने फुटसल प्रतियोगिताको तेश्रो संस्करण शुक्रबारदेखि शुरुवात गर्ने भएको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको सहभागीतामा सम्पन्न हुने उक्त प्रतियोगिता बैंकले हरेक वर्ष गर्दै आएको छ ।
बैंकले आफ्ना १३५ वटा संजाल तथा ७७ वटा एटिएम वुथहरुवाट आफ्ना अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरिरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्