×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना विकास बैंकले सम्पन्न गर्यो प्रहरी कन्ट्रोल रुमको सवलीकरण कार्यक्रम

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कामना विकास बैंकले सम्पन्न गर्यो प्रहरी कन्ट्रोल रुमको सवलीकरण कार्यक्रम

Artha Sarokar

२१ कार्तिक २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कामना सेवा विकास बैंकले प्रहरी कन्ट्रोल रुमको सवलीकरण कार्यक्रम सम्पन्न गरेको छ । सो बैंकले १६औं वर्ष पार गरि १७औं वर्षमा प्रवेश गरेको शुभ अवसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको प्रहरी कन्ट्रोल रुमको सवलीकरण कार्यक्रम सम्पन्न गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले प्रहरी कार्यालय रानी पोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापालाई  हस्तान्तरण गरेका थिए ।

उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै प्रहरी अतिरिक्त महानिरीक्षक थापाले बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत प्रहरी कन्ट्रोल रुमको सवलीकरण गरेकोमा आभार व्यक्त गरेका थिए । साथै, प्रहरी कन्ट्रोल रुमको सेवासमेत छिटो र छरितो हुन थालेको बताएका छन् ।

बैंकले आफ्नो स्थापनाको १७औं वार्षिकोत्सवको अवसरमा विभिन्न १७ वटा कार्यक्रम सहित सप्ताहव्यापी रुपमा कार्यक्रमहरु गरेको जानकारी दिएको छ । बैंकले गत शुक्रबार देखि विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएको जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी