Skip to content
LAXMI SUNRISE BANK

कामना सेवा बैंकले १७औं वार्षिकोत्सवको अवसरमा सम्पन्न गर्यो १७ कार्यक्रम

अर्थ सरोकार

काठमाडौँ । कामना सेवा बैंकले १७औं वार्षिकोत्सवको अवसरमा १७ कार्यक्रमहरु सम्पन्न गरेको छ । बैंकले आफ्नो स्थापनाको १६ औं वर्ष पार गरि १७औं वर्षमा प्रवेश गर्ने शुभ अवसरमा आयोजित विभिन्न १७ कार्यक्रमहरु सप्ताहव्यापी रुपमा सम्पन्न गरेको हो ।सो कार्यक्रमहरु अन्तर्गत बुधवार बैंकले कावा सोतीमा डिजिटल मेला सम्पन्न गरेको छ । उक्त डिजिटल मेलामा बैंकले कावा सोती बजारमा रहेका विभिन्न व्यवसायसँग आवद्ध व्यवसायीहरुलाई क्युआर कोड हस्तान्तरण गरेको हो ।

बैंकको उक्त कार्यक्रममा ४२ जना व्यवसायीलाई क्युआर कोड हस्तान्तरण गरेको थियो । साथै, नयाँ १० वटा क्युआर रजिष्ट्रेशनसमेत गरेका थिए । वार्षिकोत्सवकै अवसरमा बैंकले आफ्नो सामाजिक उत्तर नवलपुरको सकलादेवी मा.विमा ‘समावेशी बैकिङ शिक्षा:आजको आवश्यकता’ विषयकअन्तर विद्यालय स्तरिय वक्तृत्व कला प्रतियोगिता सम्पन्न भएको छ । नवलपुरको देवचुली नगरपालिका भित्र रहेका विद्यालय स्तरिय उक्त वक्तृत्व कला प्रतियोगिता कार्यक्रम देवचुली नगरपालिकाका मेयर हरि प्रसाद न्यौपानेको प्रमुुख आतित्यथामा सम्पन्न भएको थियो ।बैंकले आफ्नो वार्षिकोत्सव सप्ताहका कार्यक्रमहरु अन्तर्गत बिहीवार रोल्पा होलेरीको महेन्द्र मा.वि. अध्ययनरत ५ कक्षासम्म अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक झोला हस्तान्तरण गरेको छ । उक्त विद्यालयका प्रधानाध्यापक वेद वेदान्त सुर्य वंशीलाई बैंकका पश्चिम क्षेत्रका क्षेत्रिय प्रवन्धक सुरेन्द्र भण्डारीले उक्त शैक्षिक झोलाहरु हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रधानाध्यापक सुर्यवंशीले बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत शैक्षिक झोला प्रदान गरेर विद्यार्थीहरुलाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गरेका थिए । बैंकले आफ्ना सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बिहीवार भैरहवा स्थित सस्कृत विद्याश्रमलाई सोफा तथा टेवल हस्तान्तरण गरेको हो ।उक्त विद्याश्रमका पिठाधिस १ हजार ८ श्वामी शान्ताराम सरस्वतीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले विद्याश्रमका अध्यक्ष तथा समाजसेवी डि.आर शर्मालाई सोफा र टेवल हस्तान्तरण गरेका थिए ।

बैंकको हस्तान्तरण कार्यक्रममा बुटवल क्षेत्रका क्षेत्रिय प्रबन्धक खिमलाल भुषाल लगायत अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो । बैंकले आफ्नो स्थापनाको १७औं वार्षिकोत्सवको अवसरमा गत शुक्रवार देखि विभिन्न ठाउँहरुमा १७ वटा कार्यक्रम सम्पन्न गरेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK