काठमाडौँ । कुमारी बैंकले जुम्लामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा जुम्लाको चन्दननाथ नगरपालिका वडा नं.०६ मा नयाँ शाखाको उद्घाटन गरेको हो ।
बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रूपमा बैंकिङ सेवा पुर्याउने उद्देश्यले शाखा विस्तार गरेको हो । साथै, बैंकले आगामी दिनहरूमा थप शाखाहरू विस्तार गर्दै आधुनिक बैंकिङ सेवा पुर्याउने योजनासमेत बनाएको छ ।
यस्तै, बैंकले विगत २२ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आइरहेको छ । देशभर रहेका ३ सय ९ शाखा सञ्जाल, ३ सय १५ एटिएम, ४९ एक्सटेन्सन काउन्टर र ६४ शाखारहित बैंकिङ इकाइहरूमार्फत ग्राहकहरूलाई सेवा पुर्याइरहेको छ ।