×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकले सार्वजनिक गर्यो नयाँ योजना, उत्कृष्ट सेवाका निमित्त सहकार्य गर्दै जाने प्रतिबद्धता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कुमारी बैंकले सार्वजनिक गर्यो नयाँ योजना, उत्कृष्ट सेवाका निमित्त सहकार्य गर्दै जाने प्रतिबद्धता

Artha Sarokar

६ मंसिर २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कुमारी बैंकले नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहकहरुका लागि बचत खातामा उच्च ब्याजदर, स्वास्थ्य बीमा सुविधा सहितको परिमार्जित सुविधा ‘गज्जबको बचत खाता’ योजना सार्वजनिक गरेको हो ।

कम्पनीले न्युन्तम मौज्दात १ हजार रुपैयाँ रहेको खातामा सर्वाधिक उच्च ब्याजदर ७.५१ प्रतिशत प्रदान गर्नेछ । साथै, २० हजारसम्मको स्वास्थ्य बीमा सुविधा, नि:शुल्क डेबिट-क्रेडिट कार्डसमेत उपलब्ध गराउने भएको छ ।

बैंकको बीमा योजनामा १६ देखि ६५ वर्ष उमेर समुहका खातावालाले २० हजारसम्मको स्वास्थ्य बीमा प्राप्त गर्न सक्नेछन् । उक्त योजनाको बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड रहेको छ । बैंकले आफ्ना बचत खाताहरुमा थप परिमार्जन तथा स्तरवृद्धि गर्दै ग्राहक मैत्री तथा समय सान्दर्भिक बनाउँदै थप सेवा प्रदान गर्ने विश्वास लिएको छ ।

यस्तै, दीगो आर्थिक विकासका लागि बचत परिचालन तथा स्वास्थ्य बीमा सुविधा आम मानवजिवनको महत्वपूर्ण साधनका रुपमा विकसित हुदैं आएका छन् । कुमारी बैंकले दुई महत्वपूर्ण साधनहरुलाई एउटै योजनामा आवद्घ गरी आफ्ना ग्राहकहरु माझ प्रस्तुत गरेको छ ।

कुमारी बैंकले आफ्ना देशभर रहेका ३ सय ९ शाखा सञ्जाल, ३ सय १५ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखारहित बैंकिङ ईकाईहरुमार्फत आफ्ना ग्राहकलाई विगत २२ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिँदै आएको छ ।

नेपाली बैंकिङ क्षेत्रमा उपलब्ध उत्कृष्ट बचत खाताहरूमा ‘गज्जबको बचत खाता’ पर्ने बैंकले विश्वास लिएको छ । बैंकले  सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त आगामी दिनहरुमा पनि सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी